लोसपाको घोषणा पत्र जारी

काठमाडौं, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को शुक्रवार केन्द्रीय कार्यलय काठमाडौंमा चुनावी घोषणा पत्र जारी गरिएको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका शीर्ष नेताहरुले घोषणा पत्रमा नेपालका प्रमुख राजनीतिक दलहरु विचारबाट विमुख भई शुन्य र नेतृत्व विहीन भएको टिप्पणी गरेको हो ।
यस्तै कम्युनिस्ट पार्टीहरुलाई विचार शुन्य सत्तालोलुप राजनीतिक उद्यमी भएको लोसपा संख्यात्मक उपस्थित जनाए पनि आफनो औचित्य सावित गर्न नसकेको उसको टिप्पणी छ ।
तराईका जिल्लाहरुमा लोसपाको मुख्य प्रतिस्पर्धी दल जनता समाजवादी पार्टी माथि उसले कडा टिप्पणी गरेको छ । उसले जसपालाई मुद्दा विहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रुपमा चित्रण गरेको छ । यस्तै घोषणापत्रमा लोसपाको विचारधारा र प्रतिबद्धता उल्लेख छ । जहाँ लोसपाले बुँदागत रुपमा २० वटा क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेस अहिले ठूलो पार्टी र सानो भन्दै अल्झिएको आरोप लगाए । लोसपाले कांग्रेसलाई नाम ठूलो र काम सानो भएको टिप्पणी गरेको छ ।