गौतम बुद्ध विमानस्थल भैरहवामा परिक्षण उडान सुरु

189 Shares

भैरहवा, १६ वैशाख । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमानलाई बिहीबार भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ’डेमोन्स्ट्रेसन’ उडान गरेको छ ।
जहाज माथि पानीको फोहरा फालेर स्वागत गरियो । नागरिक उडान प्राधिकरणले बुधबार निगमलाई भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।
प्राधिकरणले काठमाडौंबाट हुने उडानलाई आरएनए १७३१ र भैरहवाबाट काठमाडौंका लागि हुने उडानलाई आएएनए १७३२ नम्बर दिएको थियो । निगमको वाइडबडी विमान दिउँसो ३ बजे भैरहवा उड्ने कार्यक्रम राखिएको भएपनि जहाज सवा ५ बजे मात्रै काठमाडौं विमानस्थलबाट उडेको थियो ।
पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा डेमोन्स्ट्रेसन भएको थियो । उडानमा कम्तीमा २ सय ५० जना भन्दा यात्रु सहभागी थिए । जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधि, पत्रकार लगायत थिए ।

सम्बन्धित समाचार