रौतहटमा छैठो योग दिवश भव्यताका साथ मनाइयो

   १ माघ २०७७, बिहीबार १९:०१  

रौतहट, १ माघ । छैठो राष्ट्रिय योग दिवश रौतहट जिल्लाको विभिन्न स्थानहरुमा योगको कार्यक्रमहरु संचालन गरेर भव्यताका साथ सम्पन्न भएको छ ।


रौतहटको सदरमुकाम गौर, दुर्गा भगवतीका गंगापिपरा, गरुडा र चन्द्रपुरको जनज्योती माध्यमिक विद्यालयको विहिवार विहान योग गरेर छैठो राष्ट्रिय योग दिवश भव्यताका साथ सम्पन्न भइउको हो ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र चन्द्रपुरद्धारा आयोजनामा आयोजित योग दिवशको उपलक्ष्यमा योग शिवर हुनु अघि चन्द्रपुर नगरमा प्रभात फेरी पश्चात जनज्योती माध्यमिक बिद्यालयको प्राङ्गणमा “गरौ योग डटेर, कोभिड जान्छ हटेर” भन्ने नाराका साथ यो दिबस मनाइएको छ ।
योग दिबसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले पछिल्लो समय मानिसहरुको अमिल्दो खानपान र स्याहारको कमी भईरहेको अवस्थामा ति सबैको परिपुर्ती एवं शरीरलाई स्वस्थ्य राख्नका निमित्त योगा गर्नु आवश्यक रहेको बताए । अहिलेको बदलिदो परिवेश एवं कोभिड संक्रमणको समस्यामा शरीरमा आन्तरिक शक्ति बढाउनका लागि योगको माध्यमबाट स्वस्थ्य हुनु फलदायी हुने स्पष्ट पार्नुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अधिकृत कविराज बिनयकुमार झाले आयुर्वेद पद्धती अनुसार योग शरीरको लागि शक्तिबद्धक रहेको भएपनि पछिल्लो समयमा यसलाई विश्वभरी नै योगलाई प्राथमिकता दिएको उनले बताए ।
यसैगरी दुर्गा भगवती को गंगापिपरा स्थित सामुदायिक भवनमा शरीरलाई स्वस्थ राख्न योग नै शर्वोत्तम उपाय छ । आयुर्वेद स्वास्थ्य केन्द्र गंगापिपराद्धारा आयोजित योग दिवशको कार्यक्रममा स्थानीय बासिन्दाहरु उत्साहका साथ सहभागी भएर योग सिकेको वैद्य पवन झाले जानकारी दिए ।


वडाध्यक्ष सुरेश चौधरी सहित योग प्रशिक्षकहरुको सहभागीतामा सम्पन्न भएको उक्त योग शिविरमा नागरिक समाजको अगुवा, वुद्धिजिवी, सेवा निवृत्त कर्मचारीको साथै स्थानीयको उपस्थितिमा छैठो राष्ट्रिय योग दिवशमा सवैले योग गर्ने प्रतिवद्धता जनाएको सोही केन्द्रका कर्मचारी धिरेन्द्र झाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै