श्रीलंकाद्धारा चीनसित ऋण नीतिमा उदारताको अपेक्षा

336 Shares

यितेन्द्र शर्मा
श्रीलंकाली सूचना तथा प्रसारण मन्त्री नलाका गोडाहेवाले आफनो देश अन्तर्राष्ट्रिय मुद्राकोष सित सम्पर्क गरी देशको आर्थिक संकटलाई अन्त्य गर्न चाहेको बताउँदै चीनलाई पनि आफनो ऋणनीति प्रति पूनर्विचार गर्न अथवा उदारता देखाउन आग्रह गरेको बताएका छन् । चीनले श्रीलंकालाई दिएको ऋणको सम्बन्धमा उदारतापूर्वक नीति अपनाए अथवा त्यसलाई अनुदानको रुपमा परिणत गर्न उदारता देखाए त्यसले श्रीलंकालाई राहत पु¥याउने अपेक्षा रहेको छ ।
आईएमएफ श्रीलंकालाई सहयोग गर्न अब तैयार छ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष सहित अन्य आर्थिक एजेन्सीहरु पनि श्रीलंकालाई सहयोग गर्न तयार रहेको बताउँदै श्रीलंकाका आम सन्चार मन्त्री गोडाहेवाले बेईजिंग सित पनि सहमतिको प्रयास भईरहेको स्पुतनिक समाचारमा उल्लेख छ । चीन अहिले श्रीलंकाको मुख्य आर्थिक ऋणदाता रहेको छ र उसले ३.५ बिलियन अमेरिकी डलर श्रीलंकालाई ऋण दिएको छ । श्रीलंकाली मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष र भारतले दिएको आर्थिक सहयोगका कारण नै श्रीलंका वर्तमानको आर्थिक संकटवाट केही राहत प्राप्त गरेको बताएका छन् । आईएमएफका एक अधिकारीले श्रीलंकालाई आफनो मौद्रिक नीतिलाई कठोर बनाउन कर उठाउन तथा उदारतापूर्वक विनियम दरको निर्धाणर गरी ऋण संकट तथा आर्थिक संकटवाट बाहिर आउन सुझाव दिएको छ ।
श्रीलंका अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ, त्यहाँका जनता राष्ट्रपति गोटावायो राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको विारेधमा सडक आन्दोलनमा उत्रेका छन् । देशव्यापी प्रदर्शन जारी छ । कोभीड–१९ को संक्रमणले उत्पन्न गरेको आर्थिक स.कट तथा सरकारको अदुरदर्शी आर्थिक नीतिका कारण देशले ग्यास, इन्धन र खाद्यान्नको समेत सहज पूर्ति गर्न सक्ने अवस्था रहेन । श्रीलंकाले आफनो राष्ट्रिय गौरव हम्बनटोटा बन्दरगाहलाई ९९ वर्षको निम्ति चीनलाई सुम्पिसकेकोछ । श्रीलंकाले जति सुकै आग्रह गरे पनि चीनले आफनो ऋण नीतिमा उदारता देखाउने सम्भावना छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार