यितेन्द्र शर्मा
इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्री बहबाज शरीफ आफनो पहिलो विदेश अरबबाट गर्ने भएका छन् । उनको पहिलो विदेश भ्रमण नै विवादमा आएको छ । पाकिस्तानको प्रमुख विपक्षी दल “तहरिक–ए–इन्साफ” पार्टीले प्रधानमन्त्री शहबाज शरीफ “जम्बो टिम” सहीत चार्टर विमानवाट सउदी अरब जानु महंगो सावित हुने र यसवाट पाकिस्तानलाई लाभ नपुग्ने आरोप लगाएको छ । जबकी पाकिस्तानका सूचना प्रसारण मन्त्री मरियम औरन्गजेबले प्रधानमन्त्री शहबाज शरीफ आफनो निजी खर्चमा सउदी अरब भ्रमणमा जाने लागेका कारण यसलाई विवादको विषय बनाउन नहुने भनेका छन् ।
प्रधानमन्त्री शरीफको पहिलो विदेश भ्रमणमा दर्जनौ सरकारी अधिकारीहरु केही मन्त्री मण्डलीय सहयोगी र विज्ञहरु पनि रहने सम्भावना छ । मन्त्री औरन्गजेबले प्रधानमन्त्री शरीफ १० वर्ष सम्म पंजाब प्रदेशका मुख्यमन्त्री हुँदा पनि आफनो प्रत्येक विदेश भ्रमण निजी खर्चमा नै गरेका कारण यस पटकको उनको भ्रमणलाई विवादमा ल्याउनु दुःखद भएको आरोप लगाएका छन् । उनले पिटीआई माथि झुठो आरोप लगाई भ्रम उत्पन्न गर्न खोजेकोमा कडा निन्दा गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री शरीफले आफनै अध्यक्षतामा हालै सम्पन्न गरेको एक बैठकमा भ्रमणको तैयारी सित सम्बन्धित विषयमा छलफल गर्नुका साथ दुई देश बीचको भ्राृतपूर्ण सम्बन्धलाई बलियो बनाउने विषयमा पनि चर्चा गरे । “द न्युज इन्टरनेशनल” समाचार पत्रका अनुसार उनले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिदै सउदी अरबसितको सम्बन्धलाई विशेष महत्व दिन भनेका छन् । पाकिस्तान स्थापना भएको ७५ वर्षमा एउटा पनि जननिर्वाचित लोकतान्त्रिक सरकारले ५ वर्षको कार्यकाल पुरा गर्न सकेको इतिहास छैन । त्यहाँका सेनाको विरोधमा जाने जो कोही शासकले पनि पद त्याग गर्नुको विकल्प हुँदैन । विभिन्न दलको गठबन्धनको उपज यो सरकारले पनि पाकिस्तानमा राजनीतिक स्थायित्व ल्याउने सम्भावना छैन ।