260
Shares
काठमाडौ । महाराजगन्ज एरियाबाट २२ जना चिनियाँ नागरिकलाई हिरासतमा लिएको छ । अध्यागमन विभाग र अपराध अनुसन्धान कार्यालय को संयुक्त टोलीले उनीहरु लाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय का प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिएकाे हो ।
उनीहरुमाथि अध्यागमन विभागमा अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।
उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिम को ठगीमा संलग्न भएको प्रहरीको अनुमान रहेको छ ।