काठमाडौं, १६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर फेरी सुन तस्करी हुन थालेको छ ।
सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुन सहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रमाण भेटिएको हो ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको आरोपमा तीन जना कर्मचारी सहित ५ जना पक्राउ परेको बताए । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम आले र सुपरभाइजर तारकान्त चौधरी लाई निरन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको एसएसपी ढकालले जनाकारी दिए । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।