चिनियाँ लगानीको नकारात्मक असरबाट श्रीलंका र पाकिस्तानमा चरम आर्थिक संकट

237 Shares

श्रीलंका र पाकिस्तानमा जारी राजनीतिक एवम आर्थिक संकटका कारण ती मुलुकहरुमा चिनियाँ लगानीमाथि नकारात्मक असर परेको देखिएको छ । विश्वभर चिनियाँ लगानीको निगरानी गर्दै आएको चाइना ग्लोबल इन्भेष्टमेन्ट ट्र्याकर सीजीआईटीका अनुसार चीनको श्रीलंकामा १५ अर्ब र पाकिस्तानमा ६६ अर्ब डलर बराबरको लगानी छ ।

चीनको महत्वकाङ्क्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को काम सन् २०२५ भित्र सक्ने लक्ष्य भएपनि धेरै काम अधुरै रहेकाले त्यो सम्भव नभएको बताइएको छ ।

४६ अर्ब डलर बराबरको उक्त परियोजना स्थानीय सरकारको कमजोरी, आतंककारी आक्रमणको जोखिम, भ्रष्टाचार लगायतका कारणले यो परियोजना अझै सम्पन्न हुन सकेको छैन ।

यही सन्दर्भमा चीनले यसमा पैसा खर्च गर्न आनाकानी गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यसबाहेक चीनले लगानी गरेका यस्ता परियोजनालाई लगानी उठाउन समेत हम्मे हम्मे परिरहेको जनाइएको छ ।

३० करोड डलरको लागतमा निर्मित पाकिस्तानको गोदर बन्दरगाहले अझै अपेक्षा अनुरूप लाभ प्राप्त गर्न सकेको छैन भने यसबाहेक बन्दरगाहबाट हुने आम्दानी बाँडफाँडका विषयमा पनि दुई मुलुकबीच असमझदारी देखिन्छ ।

४० वर्षसम्म उक्त बन्दरगाहबाट प्राप्त हुने आम्दानीको ९१ प्रतिशत चीनले लैजाने र बाँकी ९ प्रतिशत मात्रै गोदर पोर्ट अथोरिटीको भागमा पर्ने सन् २०१७ को फेब्रुअरी महिनामा खुलासा भएको थियो ।

श्रीलंका चिनियाँ ऋणको धरापमा परेको अर्को उदाहरण हो । हालै श्रीलंका सरकारले ३५ अर्ब डलर बराबरको विदेशी ऋण तत्काल तिर्न नसक्ने संकेत गरेको थियो । श्रीलंकाली अर्थमन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको ७ करोड ८० लाख डलर बराबरको ब्याज तिर्न नसकिने जनाएको थियो ।

सन् २०२२ मा श्रीलंकाले ६ अर्ब डलर भन्दा धेरै विदेशी ऋण तिर्नुपर्नेछ । यसमध्ये जुलाई महिनामा मात्रै १ अर्ब डलर तिर्नुपर्नेछ ।

श्रीलंकाली विदेशी ऋणको उल्लेखनीय हिस्सा चीनले ओगट्छ । टाइम्स अफ इण्डियाका अनुसार श्रीलंकाले चीनको चाइना डेभलपमेन्ट बैंकबाट १ अर्ब, एक्जिम बैंकबाट २ अर्ब ७० करोड र २ अर्ब ३७ करोड अन्य ऋण लिएको छ ।

यस वर्षको शुरुमा श्रीलंकाले ऋणको पुनरावलोकन गर्न चीनसमक्ष आग्रह गरेको थियो । अहिले श्रीलंकाको अवस्था अझ बिग्रिदै गएको छ ।

सन् २०१७ को डिसेम्बर महिनामा श्रीलंकाले चीनको ऋण तिर्न नसकेका कारण हम्बनटोटा बन्दरगाह नै ९९ वर्षका लागि चीनको जिम्मा लगाउनु परेको थियो । त्यसबेला चीनले श्रीलंकाबाट ८ अर्ब डलर बराबरको ऋण असुल्न बाँकी थियो ।

श्रीलंकामा चीनले लगानी गरेका परियोजनाबाट पनि लगानी उठ्न हम्मे हम्मे परिरहेको छ । 

सीजीआईटीका अनुसार चीनले श्रीलंकाका विभिन्न ४१ परियोजनामा १५ अर्ब डलरको लगानी गरेको छ । यिमध्ये ६ अर्ब डलर श्रीलंकाको यातायात पूर्वाधारमा मात्रै लगानी गरिएको छ ।

श्रीलंकाले ऋण तिर्न नसकिरहेको अवस्थामा पाकिस्तानले पनि चिनियाँ ऋण तिर्न ढिला गर्न थालेको छ । पाकिस्तानले चिनियाँ बैंकबाट प्राप्त ऋणको ब्याजदर पनि समायोजन गर्दै आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।