पक्राउ परेका नागरिकलाई रिहा गर्न चिनियाँ दूतावासले प्रहरी माथि दवाब दिन थाले

   १६ बैशाख २०७९, शुक्रबार १६:१४  

नेपालस्थित चिनियाँ राजदूतावासले साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई रिहा गर्न दबाब दिन थालेको छ ।

नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैध रुपमा लुकेर बसेका २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु भिजिट भिसामा आएर सोको आवरणमा व्यापार गर्ने र लुकेर ह्याकिङदेखि अनलाइन गेमिङदेखि नेपालमा प्रतिबन्ध साइबर अपराह गर्दै आएका थिए । त्यस्तै केहीको भिसा सकिएर लुकेर बस्दै साइबर अपराधमा संलग्न रहेको पाइएको छ ।

हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेका बेला बालुवाटारस्थित चिनियाँ राजदूतावासले आफूलाई बुझाउन प्रहरी प्रशासनलाई दबाब दिएको प्रहरीका एक उच्च अधिकारीले बताए । अवैध ह्याकिङ र गेमिङ गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई चिनियाँ दूतावासले भने भिसा सकिएको र ओभर स्टेको कुरा गरेर जरिवानासहित छोड्न दबाब दिइरहेको स्रोतले जनाएको छ ।

पक्राउ परेका २२ जना चिनियाँबाट ३० भन्दा बढी ल्यापटप, मोबाइल फोन प्रहरीले बरामद गरेको छ । हाइटेक प्रविधिबाट अपराध गर्ने उनीहरुको पुरानै धन्दा हो । यसअघि पनि एटिएम ह्याक गरेर करोडौं नेपाली रुपैयाँ लुट्न खोजेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । प्रविधिको दुरुपयोग गरी चिनियाँहरुले नेपाललाई अपराधको सेल्टर बनाएका बेला चिनियाँ दूतावासले भने पटक पटक जघन्य अपराधमा संलग्न चिनियाँ नागरिकलाई छुटाउँदै लग्दै गरेको छ ।

यसपालि पनि छुटाउन दबाब दिएको सुरक्षा अधिकारी बताउँछन् । पक्राउ परेका चिनियाँहरुलाई दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज र टेकुमा राखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकामध्ये १० जना महिला छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै