रौतहटको ग्रामिण भेगमा विद्युत आपूर्ती ठप्प, अत्यावश्यक कार्यहरु प्रभावित

   १७ बैशाख २०७९, शनिबार १५:४४  

रौतहट, १७ वैशाख । शुक्रवार राति आएको हावाहुरी संगै बर्षाको कारण रौतहट सदरमुकाम गौर सहित ग्रामिण भेगको विद्युत आपुर्ती ठप्प भएको छ ।
गएराति ८ बजेको समयमा आएको ठूलो हावाहुरी संगै बर्षाको कारण विद्युत आपूर्ती चन्द्रपुर प्रशारण लाईनबाट ठप्प गरिएको तर हावाहुरी शान्त भएपनि विद्युत आपूर्ती सहज हुन पाएको छैनन् ।
निर्वाचनको समयमा विद्युत अभावको कारण मोवाइल चार्ज हुन पाएको छैनन्, जनताहरु राति देखि विद्युत उपभोग गर्न पाएको छैन, विद्युतबाट गरिने अत्यावश्यक कार्यहरु सबै ठप्प भएको छ । विद्युत प्राधिकरणको वितरण केन्द्र गौरका प्राविधिकहरु विहानै देखि फल्टहरु पत्ता लगाउने क्रममा छन् तर फल्ट नभेटिदा उक्त समस्या खडा भएको एक प्राविधिक कर्मचारीले बताए । विजुलीको अभावमा सदरमुकाम गौर सहित ग्रामिण भेगको इन्टरनेट सेवा प्रभावित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै