भारतको सहयोग विना नेपालको विकास असम्भव

   १७ बैशाख २०७९, शनिबार १५:५७  

यितेन्द्र शर्मा
भारतको नाम सुन्ने वितिकै त्यसमा अनर्थ मात्रै हेर्ने नेपालका बामपन्थी र राजावादीहरु यदाकदा धरातलीय यथार्थलाई पनि स्वीकार गर्दछन् । हालै राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै देशका भुतपूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले भारत संग सर्टेन अन्डरस्टयाण्डिङ्ग नबनाई देश विकास हुँदैन भन्ने टिप्पणी गरेका छन् ।
हिमालयन हाइड्रो एक्सपोमा उनले दिएको आफनो सम्बोधन भाषणमा त सबैले यस्तो भन्यो भने सतही टिप्पणी गरि दिन्छन् तर यस विषयमा धेरै मानिस बुझेका हुँदैनन् । नेपालले विकास गर्न निश्चित क्षेत्रमा भारतसित सम्झौता गर्ने पर्छ भन्दै उनले यसो भन्दै हिडेमा मानिसहरुले मलाई भारतपरस्त भन्छन् । तर, नेपाललाई विकास गर्ने एकमात्र माध्यम यही हो । नेपाल भुपरिवेष्ठित राष्ट्र भएर पनि विकास सहज भएको हो । भुपरिवेष्ठित मुलुक भएकाले चीनको सांघाई शहरवाट नेपालमा सामान ल्याउँदा ढुवानी लागत अत्यधिक पर्छ । यस्तै उता वा अन्य मुलुकमा निर्यात गर्दा पनि त्यस्तै पर्छ । जसले हामीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदैन । भुपरिवेष्ठित मुलुक सँगै हाम्रो ऐन कानून पनि पुराना छन् । हामी संग वि.नं.२०२२ सालमा बनेका कानून अहिले सम्म खारेज भएका छ्रैनन् । ती कानुनलाई प्रतिस्थापन गर्ने गरेर नयाँ कानून पनि बनेका छ्रैनन् ।
बिजुली तर्फ निजी क्षेत्रले आफैले भारत तर्फ विजुली निकासी गर्न सक्ने तर त्यसका लागि सरकारले अनुमति दिनु पर्ने उनको धारणा छ । किनकी निजी क्षेत्रले आपनmो हिसाबमा भारतमा बिजुली निकासी गर्न सक्छन् । २४, २५ वटा राष्ट्रिय गौरवका आयोजना अघि बढाउनुको साटो सानो एउटा योजना अघि बढाउनुपर्छ । एउटा आयोजना बनाउन कम्तिमा १६ अर्ब लाग्छ तर हामी प्रत्येक वर्ष ४, ५ बजेट विनियोजन गर्छौ यस हिसाबमा २ सय वर्ष सम्म पनि एउटा योजना पुरा हुँदैन तसर्थ सम्पन्न हुने योजनामा मात्रै हात हाल्नुपर्छ । कोरिया, सिङ्गापुर र मलेसियाले कसरी सफल भएका छन् यसवाट सिक्नुपर्छ ? पश्चिममा सफल भएको नीति अवलम्वन गरेर विकास भएका छन् । चीन पनि अमेरिकी सहायतावाट मात्रै विकसित भएको हो त्यो पनि रुसलाई जिस्क्याएर, यदि नेपालको आर्थिक विकास भारतसँग मिलेर मात्रै सम्भव छ भन्ने यस दिशामा हाम्रो ध्यान दिनुपर्छ भारतको सहयोग विना नेपालको विकास सम्भव छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै