महिलालाई स्वावलम्बन बनाउन माण्डवीद्धारा राजपुर नगरपालिकाको दुई सय ५० महिलालाई राहत वितरण

   २ माघ २०७७, शुक्रबार १९:००  

रौतहट, २ माघ । कोरोनाको समयमा भारत सहित अन्य मुलुकबाट विस्थापित भएर आएका रौतहटको राजपुर नगरपालिकाको २५० जना महिलालाई स्वाबलम्बन बनाउने योजना अन्तर्गत खाद्यान्न सम्बन्धी सामग्री राहत शुक्रवार वितरण गरिएको छ ।


“युएन ओमेन प्रोजेक्टको सहयोग र माण्डवी को सहकार्यमा कोभिड १९ बाट प्रभावित महिला तथा विपन्न समुदायहरुको लागि वृहत राहत वितरण कार्यक्रम” अन्तर्गत राजपुर नगरपालिकाको २५० महिला तथा विपन्न समुदायलाई एक कार्यक्रमको विच आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र राजपुर नगरपालिकाको प्रमुख शेख सकिलले राहत वितरण गरेको हो ।
कोभिड १९ को समयमा भारत वा अन्य मुलुकबाट विस्थापित भएर आएको मध्ये रौतहटको राजपुर र इशनाथ नगरपालिका तथा कैलालीको टिकापुर र लम्की चुहामा रहेका क्वारेन्टीनमा धेरै संख्यामा बसेको आधारमा दुई जिल्लालाई छनौट गरिएको छ । रौतहट र कैलाली गरेर १ हजार महिलालाई स्वावलम्बन बनाउने उद्देश्यबाट छनौट गरेर पहिलो चरणमा खाद्यान्न राहत सामग्री वितरण गरिएको माण्डवी प्रमुख अंजु झाले जानकारी दिए ।


चामल ३० केजी, दाल, चिनी, खाने तेल, ग्यास सिलिण्डर, चुल्हो, चना, नुन, स्वच्छता सामग्री वितरण पहिलो चरणमा वितरण गरिएको तथा दोश्रो चरणमा सिप दिएर कृषिमा आत्मनिर्भर बनाउन छनौट भएका परिवारलाई नगद साढे १३ हजार थ्रेस गोल्ड मार्फत नगद रकम उपलब्ध गराई कृषि क्षेत्रमा लगाउने तथा कृषि क्षेत्रमा लगाएर स्वावलम्बी बनाउने लक्ष्यका साथ कार्यक्रम प्रदेश २ को रौतहट र प्रदेश ७ को कैलालीमा यो कार्यक्रम लागु गरिएको उनले स्पष्ट पारे ।
महिलाहरुलाई कृषिमा सपोट गरेर विऊ मल खाद्य दिएर बजार संग जोड्ने, कोपरेटिभ संग जोडेर स्वावलम्बन बनाउने, ९० प्रतिशत महिलालाई यो कार्यक्रममा जोड्ने बाँकी १० प्रतिशत वृद्ध छन जुन घरबाट अपहेलित भएर खान धौ धौ परिरहेको अवस्था छ त्यसलाई पनि आत्मनिर्भर बनाई सक्षम बनाउने अभियान जुलाई सम्मको कार्यक्रम रहेको माण्डवी प्रमुख झाले बताइन ।
महिला तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महिलालाई आत्मनिर्भर बनाउन अभियानमा लागेको माण्डवीको मानविय कार्य प्रति जनतामा सकारात्क संदेश जाने भएको हुँदा ग्रामिण भेगको महिलाहरु त्यसै घरमा बसेर बस्नु पर्ने अवस्थाबाट मुक्त भई आफनै कार्यमा लागेर सुखि जिवन व्यतित गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
राजपुर नपाको मेयर शेख सकिलले माण्डवीद्धारा वितरण गरिन लागिको महिलालाई राहतको बाहेक सिप दिएर आत्मनिर्भर बनाउने कार्य अत्यन्तै प्रशंसनिय योग्य रहेकोमा यसलाई जनताहरुको सहयोग हुने र आउदो बर्षमा यस कार्यक्रमलाई बढाएर अन्य क्षेत्रका महिलाहरुलाई समेटिएमा महिलाहरुको मनोवल बढेर काम प्रति अझै जिम्मेवार हुने धारण उनले राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै