filter zoom download getting the zoom app download zoom versi terbaru untuk pc zoom builder download install zoom cloud meeting for windows 10 zoom us meeting download download zoom classroom download all zoom recordings at once

युवक घिसिङको सर्लाहीको मुर्तीया जंगलमा घाँटी रेटेर हत्या

   १८ बैशाख २०७९, आईतवार १५:४२  

सर्लाही, १८ वैशाख । सर्लाहीको हरिपुर नगरपालिकाको मुर्तिया जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
शनिबार अपरान्ह ५ बजेको समयमा रौतहट जिल्लाको गुजरा नगरपालिका–२ निवासी ३१ वर्षीय विष्णु घिसिङको घाँटी रेटेर हत्या गरिएको शव हरिपुर नगरपालिका वडा नम्वर १ स्थित मूर्तिया जंगलमा फेला परेका थिए ।
युवक घिसिङलाई हत्या किन र कसले गरेको हो पत्ता लगाउन नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको मद्दतबाट अनुसन्धान कार्यलाई तिव्र बनाइएको इकाला प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवले जानकारी दिए । बागमती सिचाईं आयोजनाको गढैया शाखा नहरभन्दा केही पश्चिम मुक्तेश्वर सामुदायिक वन क्षेत्रको माथिल्लो भागमा पूरै नांगो अवस्थामा घिसिङको शव फेला परेको उनले भने ।
वन क्षेत्रमा दाउरा टिप्न गएकाहरुले घाँटी रेटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घिसिङ रौतहटबाट बरहथवा नगरपालिका–९, मूर्तिया निवासी दिदी–भिनाजु पर्ने आफन्तको घर आएका थिए । शनिबार दिउँसो जंगलमा दिदी सँगै दाउरा काट्न गएका घिसिङको घाँटी रेटिएको अवस्थामा परेका हुन् ।
कुकुरले गरेको आशंकितहरुलाई प्रहरीले शंकाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको छ । स्रोतका अनुसार प्रहरीले मृतकका भिनाजु नाता पर्ने सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
शवको प्रकृति हेर्दा ती युवकको शनिबार दिउँसो नै दाउरा काट्ने धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि सदुरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल मलंगवामा भएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै