zoom login app download zoom meeting join a meeting login page - zoom meeting join a meeting login page download zoom msi installer zoom handy share software download zoom meeting app online how do i download zoom on my huawei - how do i download zoom on my huawei zoominfo technologies investor relations

भारतीय महावाणिज्य दूतावास द्धारा गुनासो कार्यक्रम

   १८ बैशाख २०७९, आईतवार १५:१८  

पर्सा, १८ वैशाख । पर्साको वीरगंञ्ज स्थित भारतीय महावाणिज्य दूतावासद्धारा “ओपन हाउस फर कन्सुलर गुनासो” कार्यक्रमको आयोजना गरियो ।
दुतावासको परिसरमा आयोजना गरेको ओपन हाउस फर कन्सुलर गुनासो कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भारतीय नागरीकहरुलाई विभिन्न बहानामा प्रताडित भएका पीडितहरु संग गुनासो सुन्दै समाधान प्रयास गरियो ।
कार्यक्रममा विभिन्न उद्योग तथा कम्पनीहरुमा काम गरिरहेका भारतीय नागरिकहरुले आ–आफ्नो गुनासोहरु राखेका थिए । उक्त गुनासोहरुको समाधान गर्ने प्रयास गरिएको थियो ।
गुनासो राख्नेहरुमा ग्ल्यामर डेकर हब चितवन, डाबर नेपाल, ब्रिटानिया, शिव शक्ति, इन्द्रेणी इन्टेरियर्स प्रालि, चितवन र राजन ट्रेड सप्लायर्स, वीरगंन्जमा काम गर्ने धेरै भारतीयहरूको गुनासो सम्बोधन गरिएको थियो । गुनासोहरु मुख्यतया दर्तासँग सम्बन्धित रहेका थिए । यसैगरी त्यो कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने भारतीय महावाणिज्य दूतावासको कार्यालय वीरगंजले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै