सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा सुधार र विभिन्न विकृतिलाई हटाउने प्रतिबद्धता ः मेयर पदको उम्मदवार दाहाल

385 Shares

खेम बोल्खे
चन्द्रपुर, १८ वैशाख । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरुले मतदाताहरु संग मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।
चन्द्रपुर नगरपालिकाकाको १० वटै वडाका उम्मेदवारहरु मतदाताहरुको हृदय जित्न र आफू तिर मतदान गर्न घरदैलो अभियानलाई तिव्रता दिएका हुन् ।
मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी, नगरस्तरीय चुनाव प्रचार प्रसार समितिका संयोजक अमर आले सहित वडाका उम्मेदवारहरु एवं नेताकार्यकर्ताहरु आफ्ना एजेण्डा सहित प्रत्येक मतदाताको घरदैलोमा पुग्ने क्रमलाई जारी राखेको छ ।
मेयर पदका उम्मेदवार सहितका नेताहरु जेष्ठ नागरिक बृद्धबृद्धा, प्रतिष्ठित समाजसेवी, दलित, महिला जनजाति, अल्पसंख्याहरु संग नेकपा एसको चुनाव चिन्ह कलम छापमा मतदान गरेर चन्द्रपुरमा बढको भ्रष्टाचार, आर्थिक अनियमितता, सडक, नाला र फोहरको उचित व्यवस्थापन, वनजंगलको संरक्षण, खोलानालाको दोहनलाई नियन्त्रण लगायत स्वास्थ्य शिक्षा सहित समाजिक सुरक्षा भत्तामा देखिएको अनियमिततालार्य सुधार लगायतको एजेण्डा बनाएर नेकपा एसका नेता तथा कार्यकर्ताहरु जनजनको घरदैलोमा पुगेर आ आफनो विचार राखिरहेका छन् ।
चन्द्रपुर नगरपालिकाले प्रवाहगर्ने सेवा सुबिधालाई सर्वसुलभ बनाउँदै त्यहाँभित्रका बिकृतिहरु उन्मुलन गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार