zoom meeting app problems download zoom meeting versi terbaru zoom installation failed error 10088 - zoom installation failed error 10088 install zoom app on windows 10 zoom installer full msi

मधवकुमार नेपाल रौतहटमा कलमको पक्षमा मत माग्दै

   १८ बैशाख २०७९, आईतवार १६:१४  

चन्द्रपुर, १८ वैशाख । वैशाख ३० गते स्थानी निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट आइपुगेको छ ।
अध्यक्ष नेपाल आइतवार चन्द्रपुर नगरपालिका ८ वसन्तपुरमा चुनावी कार्यक्रममा सहभागी हुन आउनु भएको हो ।
स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट चन्द्रपुर नगरपालिकाको मेयर पदका लागि बाबुराम दहाल सहितको प्यानको पक्षमा मत माग्न उहाँ रौतहट आइपुग्नु भएका छन् । अध्यक्ष नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, सड्क, स्वच्छ खानेपानी, रोजगार र विकासको एजेण्डालाई पहिलो प्राथमिकताको सुचीमा राख्दै वृद्धवृद्धाहरुलाई समाजिक सुरक्षाको रकममा बढोत्तरी गराउने योजना रहेको हुदा यस पटक कलम चिन्हमा मत दिन स्थानीयसँग आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै