माधवकुमार नेपाल संघिय राजधानीबाट गृह जिल्लामा मत माग्दै घरदैलो कार्यक्रममा सहभागी

486 Shares

रौतहट, १८ वैशाख । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सहित मधेस प्रदेशमा नेकपा एसको पक्षमा जनलहर चलेको बताए ।
नेकपा एसका अध्यक्ष नेपाल आफनो पक्षको उम्मेदवारहरु जिताउन मत माग्न संघिय राजधानीबाट आईतवार गृह जिल्ला रौतहट आएर उम्मेदवार र कार्यकर्ताहरुको हौसला बढाउदै रौतहट सहित मधेशको जनताहरु न्यायको पक्षमा मतदान गर्नका निमित्त कलम छापमा मत दिन अपिल गरे ।


चुनावी अभियानको शिलशिलामा नेता नेपालले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा घरदैलो कार्यक्रम सहभागिता पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा चुनावी महौल बन्दै गएको बताए ।
मधेशमा मात्रै नभई नेपालमै गुणस्तरिय शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, कृषि प्रणालीलाई वैज्ञानिकीकरण, स्वच्छ खानेपानी, वेरोजगारलाई रोजगारीको व्यवस्थापन, महिलालाई सिपमुलक तालिम, वृद्धवृद्धालाई समाजिक सुरक्षाको भत्ता रकममा वृद्धि सहितका यहाँको जनताहरुलाई समृद्ध बनाउने हर उपायहरुलाई प्रमुख प्राथमिकताको सुचीमा राखेर काम गराउने भएको हुँदा नेकपा एसको पक्षमा मतदान गर्न आह्वान गरे ।
पूर्व प्रधानमन्त्री नेपालले आइतवार रौतहटको चन्द्रपुर, गरुडा, वृन्दावन, गढिमाई लगायतको विभिन्न स्थानीय तहहरुमा आयोजित चुनावी सभा एवं उम्मेदवारहरु संग जनजनको घरदैलोमा पुगेर अमूल्य मत नेकपा एसको पोल्टामा दिन हार्दिक अपिल गरे ।
सो कार्यक्रममा पुर्व राजदूत एवं केन्द्रीय सदस्य डा. बंशिधर मिश्र, श्रीमती कल्याणी खड्का चन्द्रपुरको मेयर उम्मेदवार बाबुराम दहाल, उपमेयर रामरति चौधरी, गरुडाको मेयर वृजकिशोर यादव सहितका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार