एमाले उम्मेदवार कन्थमुणी कलवारले घोषणा पत्र सार्वजनिक गरे

गरुडा (रौतहट), १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले द्वारा आईतवार गरुडामा एक कार्यक्रम को बिच घोषणापत्र सार्वजनिक गरिएको छ ।
सुशासन समृद्धि र पहिचान, गरुडा नगरपालिका विकासको लागि सुर्य छापमा मतदानको नारा सहित गरुडा नपाको मेयरमा एलालेको तर्फबाट उम्मेदवार कन्थमुणी प्रसाद कलवारले नगरमा गर्ने विकास सम्बन्धि प्रतिबद्धता लाई सार्वजनिक गरिएको हो ।
प्रेस चौतारी नेपाल को मधेश प्रदेशको अध्यक्ष फणीदेव महतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नगर अध्यक्ष योगेन्द्र साह, उम्मेदवार कन्थमणी प्रसाद कलवार, प्रेमचन्द्र झा सहितले शुभकामना दिए ।
उम्मेदवार कलवारले गरुडा नगरको मुहार फेर्न आफूले नगरवासीको इच्छा अनुसार काम गर्ने भएकोले सुर्य छापमा मतदान गरेर गरुडा नगरलाई समृद्ध बनाउन अपिल गरे ।

