अभिनाश कबाड पसलमा चोरी

गंगापिपरा (रौतहट) १८ वैशाख । दुर्गा भगवती को पिपरा बजार स्थित कवाडीको पसलमा शनिवार राति चोरी भएको छ ।
पिपरा बजारमा वडा नम्बर ४ निवासी मनोज महतोले संचालन गरेको अभिनास कवाडको पसलमा गएराति अज्ञात समुहले नगद १ लाख २५ हजार चोरी गरेर लगेको पिडितले ईप्रका गंगापिपरामा दिएको उजुरीमा उल्लेख गरिएको हो ।
अज्ञात चोर समुहको कबाड पसलमा मोवाईल फेला परेको महतोले बताए ।