इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्स विजयी

   १९ बैशाख २०७९, सोमबार १३:०१  

मुम्बई, १९ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) चेन्नाई सुपर किंग्सले सनराइजर्स र हैदरावाद बिच भएको खेल राति हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईलाई जिताएको यो पहिलो म्याच हो ।
हैदरावादले टस जितेर चेन्नाईलाई ब्याटिङ दिएको थियो । पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजयको लक्ष्य पछ्याएको हैदरावादले ६विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । हैदरावादको शुरुवात राम्रो थियो । तर अन्तिम ओभरमा उनले ३ छक्का र एक चौका र २३ रन बनाएको थियो । चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझादारीको यो नयाँ रेकर्ड हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै