नमूना मतपत्रमा पाएको चुनावी चिन्ह नहुदा उम्मेदवारले दिए धर्ना

   १९ बैशाख २०७९, सोमबार १४:१३  

जनकपुरधाम, १९ वैशाख । आयोको विरुद्ध जनकपुरधाममा स्वन्तत्र उम्मेदवारले धर्नामा बसे ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनावी चिन्ह नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार धर्नामा बसेका हुन ।
नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोग उनलाई घण्टाघर चुनाव दिएको थियो । तर आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनावी चिन्ह छैन । आफूले पाएको चुनाव चिन्ह नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै