काठमाडौं, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले पहाड तथा हिमाली भूभागमा केवलकार परियोजनालाई विशेष प्याकेजको रुपमा व्यवस्था गर्नुपर्ने सुझावा दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीहरु सोमवार र्सिहदरवारमा अर्थमन्त्री जनार्दन शर्मा संग भेटगरी नेपालको ६८ प्रतिशत भूभागमा रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो ।
महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन समेत सुझाव दिए ।
नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरी प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले अर्थमन्त्री शर्माको ध्यानाकर्षन गराए । पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा भनिएको छ ।
५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत महासंघले सुझाव दिएको छ । छिमेकी मुलुकबाट बैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रक्रियालाई सहज बनाउन र नेपाललाई शिक्षण गन्तब्यको रुपमा आकर्षित गराउन आवश्यक कदम चाल्न सुझाव दिए ।