पिटिभीबाट भिभिआईपीको कार्यक्रम प्रशारण नहुँदा पाकिस्तानमा १७ जनाको जागिर चट

246 Shares

पाकिस्तानी प्रधानमन्त्रीको कार्यक्रमलाई लाइभ नगरेको रिसमा पाकिस्तानको सरकारी च्यानल (पिटिभी) का १७ कर्मचारीलाई निलम्बन गरेको घटना सार्वजनिक भएको छ ।
उनीहरुको गल्ती यति मात्रै थियो कि उनीहरुले प्रधानमन्त्री शाहबाज शरीफको लाहोर भ्रमणको कभरेज प्रसारण गर्न सकेनन् । रमाइलो कुरा के थियो भने कभरेज गर्न नसक्नुको कारण त्यतिबेला हाइटेक ल्यापटपको अभाव थियो ।
निलम्बनमा परेका कर्मचारीहरुले पुरानो सरकारमा नियुक्त भएका पदाधिकारीहरुले ठूला अनुहार बचाउन बलिको बोका बनाएको बताएका छन् । लापरबाही गरेको आरोपमा निलम्बित भएका कर्मचारीहरुमा इन्जिनियर, क्यामेरामेन, कार्यक्रम प्रबन्धक र धेरै भिडियो निर्माताहरु रहेका छन् ।
डन अखबारको रिपोर्टका अनुसार शाहबाज शरीफले २४ अप्रिलमा लाहोरको कोट लखपत जेल र रमजान बजारको भ्रमण गरेका थिए । पीटीभीलाई भ्रमणको बारेमा पहिल्यै जानकारी दिइएको थियो, तर उनीहरूले शरीफ सँग हाइटेक ल्यापटप नभएकाले उनको भ्रमणको भिडियो अपलोड गर्न सकेनन् ।
प्रोटोकल अनुसार, एक रिपोर्टर र एक निर्माताको भिभिआईपी टोली प्रधानमन्त्रीको कभरेजको लागि जिम्मेवार छ । तिनीहरूसँग प्रसारण र लाइभ स्ट्रिमिङका लागि नवीनतम ग्याजेटहरू छन् । उहाँहरु प्रधानमन्त्रीको स्वदेश तथा विदेश भ्रमणमा साथमा हुनुहुन्छ । मुख्य टोलीले इस्लामाबादबाट कभरेज व्यवस्थापन गर्दछ ।
पीटीभी लाहोरलाई प्रधानमन्त्रीको भ्रमणको बारेमा जानकारी दिइएको थियो तर उनले इस्लामावाद मुख्यालयलाई आफूसँग हाइटेक ल्यापटप नभएको बताए । यद्यपि, १८ अप्रिलमा, पिटिभी लाहोरले मुख्यालयलाई भन्यो कि उनीहरूले भ्रमण कभर गर्न निजी विक्रेताबाट ल्यापटप भाडामा लिएका थिए ।
यसै क्रममा स्रोतले डनलाई अर्को जानकारी दिएको छ । यसमा लाहोरका टोलीले कभरेजका लागि भिभीआईपी टोलीलाई व्यक्तिगत ल्यापटप दिएको बताइएको छ । टोलीले कभरेज पछि भिडियो अपलोड गर्न खोज्दा ल्यापटपको ब्याट्री सकिएको थियो । त्यसपछि शरीफको भ्रमणको भिजुअल बिना अडियोको सहयोगमा समाचार चलाउनु परेको थियो ।
वरिष्ठ अधिकारी भागे
त्यसको भोलिपल्ट २५ अप्रिलमा पिटिभीले भिभिआइपी कभरेजका उपनियन्त्रक इमरान बशीर खानलाई निलम्बन ग¥यो । यस्ता घटनामा यसअघि उच्च पदमा बसेका कर्मचारी निलम्बित भए पनि यसपटक दोस्रो र तेस्रो दर्जाका कर्मचारीलाई कारबाही गरिएको छ ।
साथै, कार्यवाहक कार्यक्रम प्रबन्धक कैसर शरीफलाई लाहोर केन्द्रको महाप्रबन्धकबाट सरुवा गरी सैफुद्दिनलाई थप जिम्मेवारी दिइएको छ । वर्तमान मामिलाहरु कभर गर्ने निर्माता सोहेल अहमदलाई इश्तियाक अहमदले प्रतिस्थापन गरेका छन् ।
(समाचार दैनिक भाष्करबाट लिएको छ )

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।