zoom.us for windows 10 download download meeting zoom is zoom app secure zoom meeting download windows 10 pc 64 legal zoom not able to download

पवित्र धार्मिक स्थलमा नाराबाजी गराएको आरोपमा इमरान विरुद्ध एफआइरआर दर्ज

   १९ बैशाख २०७९, सोमबार १५:२८  

नयाँ दिल्ली । साउदी अरबको पवित्र मस्जिद–ए–नवाबीमा प्रधानमन्त्री शाहबाज सरिफ विरुद्ध नारा लगाए पछि इमरान खान छक्क परेका छन् ।
फैसलाबादमा इमरान र उनका ५ सहयोगी विरुद्ध मुद्दा दर्ता गरिएका हुन् । गृहमन्त्री राणा सनाउल्लाहले भने– मदिना जस्ता पवित्र धार्मिकस्थलमा राजनीतिक नारा लगाउनु अपराध हो जसलाई माफी मिल्दैन ।
अब इमरान खान र उनका सहयोगीलाई जुनसुकै बेला पक्राउ गर्न सकिन्छ । साउदी अरेबियाले पनि उनीहरुमाथि कडा कारबाही गर्न सक्छ ।
जसको विरुद्ध मुद्दा


इमरान बाहेक फवाद चौधरी, शाहबाज गिल, कासिम सुरी, शाहबजादा जहांगीर खान, अनिल मुसरत र शेख राशिद विरुद्ध मुद्दा दर्ता गरिएको छ । मदिनामा नारा लगाउने शेख रसिद शफिकलाई साउदी अरबबाट इस्लामावाद फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
शफिद इमरान सरकारमा गृहमन्त्री रहेका शेख रसिदका भतिजा हुन् । ती सबैलाई पवित्र तीर्थस्थलमा नारा लगाएर धार्मिक भावनामा चोट पु¥याएको आरोप लगाइएको छ । यदि यो आरोप प्रमाणित भएमा ५ देखि ८ वर्षसम्म कैद र भारी जरिवाना हुनसक्छ ।
साउदी अरेबिया पनि कडा छ
अर्को तर्फ, साउदी अरबले मदिनामा नाराबाजी गर्ने इमरानका समर्थक विरुद्ध कडा आलोचना गरेको छ । रिपोर्टका अनुसार १५८ जना पक्राउ परेका छन् । उनीहरुलाई ३ वर्ष कैदसँगै साउदी रियाल जरिवाना पनि तिर्नुपर्नेछ ।
साउदी अरेबियाको सरकारले शाहबाज शरिफ विरुद्ध पाकिस्तान वा लण्डनबाट मदिना पुगेका र मंगलबार साहबाज शरिफ विरुद्ध चोरको नारा लगाउँदा मदिनामा उपस्थित भएकाहरूबारे पाकिस्तानको शाहबाज शरीफ सरकार सँग जानकारी मागेको छ । पाकिस्तानको विदेश मन्त्रालयले साउदीले मागेको जानकारी दिने बताएको छ ।
गृहमन्त्रीले के भने
नयाँ सरकारमा गृहमन्त्री राणा सनाउल्लाहले आइतबार दिउँसो जियो न्यूजसँगको कुराकानीमा दोषी सबैलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन् । राणाले भने– दुईवटा कुरा छन् । पहिलो– यी मानिसहरूले हाम्रो पवित्र मन्दिरमा राजनीतिक नारा लगाए र अरूको भावनामा चोट पु¥याए । दोस्रो– अर्को देशको माटोमा आफ्नो देशलाई बदनाम गरे । हामी अनुसन्धान गर्दैछौं र देशको गद्दारको रूपमा वर्गीकृत गर्न सकिन्छ ।
नाराबाजीको पछाडि इमरानको हात रहेको सूचना मन्त्रीको आरोप
पाकिस्तानकी सूचना मन्त्री मरियम औरंगजेबले मदिनामा भएको विरोध प्रदर्शनको पछाडि पूर्व प्रधानमन्त्री इमरान खानको हात रहेको बताएकी छन् । उनले भनिन – म यो पवित्र ठाउँमा त्यो व्यक्तिको नाम लिने छैन, किनकि म यो ठाउँलाई राजनीतिको लागि प्रयोग गर्न चाहन्न । इमरान खानले पाकिस्तानी समाजलाई बर्बाद पारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै