अकुत सम्पती कमाउन झुठो जाहेरी दिएर अरुलाई फसाउने व्यक्तिहरुलाई रौतहट प्रहरीद्धारा पक्राउ

523 Shares

रौतहट, २ माघ । अरुलाई फसाउने नियतबाट ओतप्रोत भई झुठो आरोप लगाई जाहेरी दिनेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
गत पुस २८ गते विहान ५ बजेको समयमा ओखलढुंगा घर बनाउने एक युवतीले इलाका प्रहरी कार्यालय चन्द्रपुरमा गएर ५ जना व्यक्तिले अपहरण गरी बलात्कार गरेको जाहेरी दिएपछि उक्त जाहेरीको अनुसन्धान गर्दै जाँदा सबै कुरा झुठो भएको र पैसाको लोभमा फसाउने नियतबाट जाहेरी दिनेलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको हो ।
२५ गते शनिवारका दिन ५ जना व्यक्तिहरुले ओखलढुंगाबाट काठमाण्डौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्री बाटोमा बसीरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याई चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक राखि सामुहिक बलात्कार गरेको भनि बताएकीले निज पीडित बालिकालाई यस कार्यालयमा ल्याई राखे पश्चात निजको भाउजु नाता पर्ने मेनुका परियार र निजको साथी कल्पना भुजु समेत आए पश्चात भाउजुबाट जाहेरी लिई पीडितको कागज समेत गराई निजहरुलाई लिई घटनास्थलमा एकिन गर्न पठाईएको भएपनि सो अनुसार यकिन हुन नसकेको, पीडित भनिएकी बालिका संग गहान सोधपुछ पछि किटानी जाहेरी दिएको व्यक्तिहरुको फोटो फेसबुकबाट लिएर जाहेरी दिएको रहस्य खुलेपछि निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
पीडक भनिएका व्यक्तिहरुको मोबाईल फोनको सिडिआर लोकेशन माग गरी बिश्लेषण गर्दा आरोपित व्यक्तिहरु उक्त मितिमा सिन्धुली खुर्कोटबाट चन्द्रनिगाहपुर आएको नदेखिएको पीडित भनिएकी बालिकाको बुवा जिवितै रहेको र निज बालिका बिगत १ बर्ष देखि काठमाण्डौंको सुन्दरीजलमा दिदीसंग बस्ने र काठमाण्डौंबाट भाउजु नाताकी मेनुका परियारसंग घुम्न ईलाम जान्छु भनि हिडेकी थिइन ।
प्रहरीलाई शंका लागि पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्ला रौतहट गरुडा न.पा.वडा नं.२ स्थायी घर भई काठमाण्डौ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बस्ने निजहरुकै चिनजानका गजेन्द्र भन्ने राम बिश्वास साह कानु समेतको संलग्नतामा योजना बनाई निजको बिपक्षी रहेका ऐ.गरुडा बस्ने राम निवास साह कानुसंगको लेनदेन मुद्दाको रिसईवीमा साध्न गजेन्द्र साहले मेनुका परियार समेतलाई ६ लाख र जागिर समेत दिने भनि सल्लाह गरी योजना बनाई झुठ्ठा मुद्दामा रामबिनय साह कानु समेतका ५ जना व्यक्तिहरुलाई फसाउन भनि निजहरु पुस २७ गते काठमाण्डौंबाट बारा सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगंज तर्फ गएका थिए ।
सिमराबाट गजेन्द्र साहले पीडित भनिएकी बालिकालाई साथमा लिई पुस २८ गते विहान चन्द्रनिगाहपुरमा ल्याई छाडी गएको भनि खुल्न आएकाले झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजुर परिवर्तित नामथर भएको महिलाहरुलाई पुस २९ गते पक्राउ पुर्जी दिई पक्राउ गरी आज जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी डिएपी भरत श्रेष्ठले दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।