केशव स्थापित संग आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो

   १९ बैशाख २०७९, सोमबार १६:००  

काठमाडौं, १९ वैशाख । निर्वाचन आयोगले केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ती दिएको भन्दै आयोगमा उजुरी परेपछि एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्थापितलाई आयोगले सोमवार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालको अनुसार वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्वव्यवहार सम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका कारण आयोगमा लिखित उजुरी परेको थियो ।
केशव स्थापितको अभिव्यक्ति सार्वजनिक मञ्चबाटै महिला माथि यौन हिंसा जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको प्रवक्ता अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै