स्रोत नखुलेको चार लाख सहित मण्डल पक्राउ

महोत्तरी, १९ वैशाख । महोत्तरी प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जलेश्वर स्थित भन्सार कार्यालय अगाडि नियमित चेकजाचको क्रममा भारतबाट पैदल आउदै गरेका जलेश्वर नगरपालिकाका १२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल बोकेको ब्यागबाट एक हजारको चार सय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय जलेश्वरले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार बरामद भएको चार लाख नोट सहित युवक मण्डललाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।