सात समुन्दर पार क्यानडामा सरदार पटेलको शालिक अनावरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कनाडामा निर्माण भएको सरकार बल्लभभाई पटेलको प्रतिमालाई भर्चुअल तरिकाले अनावरण गरेका छन् ।
मर्खामको सनातन मन्दिर सांस्कृतिक केन्द्र (एसएमसिसि) मा मूर्तिको उद्घाटन गरेपछि, प्रधानमन्त्री मोदीले भने, सरदार वल्लभभाई पटेलको प्रतिमाले हाम्रो सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने मात्र होइन, दुई देशबीचको सम्बन्धको प्रतीकको आधार पनि बन्ने छ ।
विश्वमा जहाँसुकै भारतीय बसे पनि उनको भारतीयतामा कमी आउँदैन
कार्यक्रमलाई प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गरेका थिए । उनले भने, ‘विश्वमा जहाँसुकै भारतीय बसोस्, जतिसुकै पुस्ता बसे पनि उसको भारतीयता, भारतप्रतिको निष्ठा अलिकति पनि कम हुँदैन । जुन देशमा त्यो भारतीय बस्छ, त्यस देशको पूर्ण समर्पण र इमानदारीका साथ सेवा गर्छ ।
मोदीले भने, भारतले ‘वसुधैव कुटुम्बकम’ को कुरा गर्छ । भारतले अर्काको घाटाको मूल्यमा आफनो उत्थानको सपना देख्दैन । भारत आफनो साथमा सम्पूर्ण मानवता र सम्पूर्ण विश्वको कल्याणको कामना गर्दछ । आज, जब हामी ’आत्मनिर्भर भारत’ अभियानलाई अगाडि बढाउँछौं, हामी विश्वका लागि प्रगतिका नयाँ सम्भावनाहरू खोल्ने कुरा गर्छौं । आज हामी योगको प्रसारको लागि प्रयासरत छौं, हामी विश्वका प्रत्येक व्यक्तिलाई ’सर्वे सन्तु निर्मय’ को कामना गर्दछौं ।
अघिल्लो दिन, मोदीले ट्वीट गरेका थिए कि आज म मार्कममा पटेलको प्रतिमाको अनावरणको अवसरमा मेरो विचार साझा गर्नेछु । उनले सनातन संस्थाको यो पहल सराहनीय रहेको र यसले भारत र क्यानडाबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने बताए ।
एसएमसीसीले क्यानडामा पहिलो पटक सरदार पटेलको प्रतिमा स्थापना गर्न लागिएको बताएको छ । यति मात्र होइन, यो शालिक स्थापना हुने क्षेत्रलाई अब सरदार चोक भनिनेछ ।
सनातन मन्दिर संस्था भनेको के हो ?
१९८५ मा स्थापित, यो संगठन ग्रेटर टोरन्टो क्षेत्रमा सञ्चालनमा छ । यो परियोजना टोरन्टोको गुजरात समाजले सुरु गरेको हो । यो संस्थाले शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्छ ।