उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेको पदभार ग्रहण

   २ माघ २०७७, शुक्रबार २१:५९  

उदयपुर संवाददाता

उदयपुर, २ माघ । नेपालमै ख्याती प्राप्त रहेको उद्योग मध्ये उदयपुर सिमेन्ट उद्योगले करिव दुई बर्ष पछि महाप्रबन्धक पाएको छ ।
दुई बर्ष देखि उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्ध पद रिक्त रहेको तथा विभिन्न कारणवस परिपुर्ती हुनसकेको थिएनन् । नेपाल सरकारको उद्योग मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदको लागि आहवान गरेको दरखास्तमा परेका दरखास्तहरुको मुल्यांकन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरी लोकसेवा आयोग मार्फत जाँच गरिएको थियो ।
व्यसायिक कार्य योजनाको प्रस्तुतीकरण गराउंदा विज्ञ प्राविधिकको रुपमा रामेश्वर खनाल सहित पूर्व सचिवहरुलाई समेत मुल्यांकन कर्ताको रुपमा राखिएर पदाधिकारी नियुक्ति सम्बन्धि निर्देशिका अनुसार अनुभव र थप शैक्षिक योग्यताको समेत अंक दिंदा उत्कृष्ट ठहर भएका तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस भएकोमा १ नम्वरमा नाम रहेका गोपीकृष्ण न्यौपानेलाई उक्त उद्योगको महाप्रबन्धक पदमा नियुक्त गर्ने गरियो ।
छनौटको प्रक्रियाको सबै चरण पार भई योग्य ठहर भएका न्यौपानेलाई महाप्रबन्धकको रुपमा शुक्रवार उद्योगमा पदभार ग्रहण गराइएपछि दुई बर्ष देखि रिक्त रहेको महाप्रबन्धकको पद पुर्ती भएको बताइएको छ । पदभार ग्रहण गर्दै महाप्रबन्धक न्यौपानेले मुलुकको सबैभन्दा बढी कच्चापदार्थ उत्पाद एवं पेकिंग मेटेरियल्स तयार पार्ने क्षमता रहेको यस उद्योगलाई तत्काल मर्मत सम्भार सहितका प्राविधिक पक्षहरुलाई मध्यनजर राख्दै पूर्ण क्षमतामा उद्योग संचालन गर्ने, थप क्षमता वृद्धिको लागि अध्ययन गराउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने प्रतिबद्धता जनाए ।
उत्पादन गर्दा सामान माथि पर्ने लागत कम गर्ने उपायहरुको खोजी गरी अन्य उद्योगहरु संग प्रतिष्पर्धी गर्ने क्षमतावान बनाउने प्रमुख प्राथमिकता राहने बताउदै महाप्रबन्धक न्यौपानेले बैकल्पिक उर्जा, उद्योगको नाममा रहेको जग्गाको संरक्षण तथा अधिकतम उपयोग गर्ने तर्फ दिर्घकालिन योजनाहरु आफूले बनाएको स्पष्ट पारे ।
उद्योगको स्तरउन्नतीको साथै वातावरणमा पर्ने प्रदूषणलाई नियन्त्रण गर्न कोइलामा बायोमास प्लेटहरुको मिश्रण गर्न सकिने तर्फ पनि अध्ययन गरेर लागतको आधारमा उपयुक्त देखिएमा प्रयोग गर्न सकिने जस्ता संभाव्यता अध्ययन गराईने योजना रहेको उनले जानकारी दिए ।
उद्योगमा कार्यरत कर्मचारी, कामदारहरुलाई समय समयमा उत्प्रेणात्मक सीप अभिवृद्धिमुखी तालीम संचालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने लगायतको कामहरू चाँडै संचालनमा ल्याउने कार्ययोजना अघि बढाउने उद्योगमा उपस्थित कामदारी कर्मचारी विच नवनियुक्त महाप्रबन्धक न्यौपानेले प्रतिबद्धता जनाए ।
लामो समय देखि महाप्रबन्धक विहिन रहेको उदयपुर सिमेन्ट उद्योगले आज देखि इमान्दार, कत्र्तव्यनिष्ट, दिर्घकालिन सोच भएका व्यत्तित्वकाधनी गोपीकृष्ण न्यौपानेको कार्यकाल पूर्ण सुखद एवं जनमैत्रीपूर्णको साथै उद्योग प्रति जवाफदेहिता होस भने शुभकामना तराई टप परिवारले दिन चाहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै