download zoom 32 bit zoom cloud hd meetings download zoom meeting login app zoom client for vdi download download zoom terbaru 2021 zoom clone app development zoom download 5.6.1

अज्ञात बन्दुकधारीहरुको समुहले पाकिस्तानमा प्रहरी अधिकारीको हत्या गरे

   २० बैशाख २०७९, मंगलवार १४:१०  

इश्लामावाद । पाकिस्तानमा अज्ञात बन्दुकधारीले प्रहरी अधिकारीको हत्या गरेका छन् । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको प्रशासनिक केन्द्र वाना शहरमा प्रहरी उपरीक्षकको हत्या भएको हो ।
हत्या भएका प्रहरी उपरीक्षकको नाम अस्लम जावेद रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । अखबारका अनुसार रमाजानको ब्रत तोडेपछि बाटोमा हिँड्दै गर्दा उनीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।
नम्बर प्लेट बिनाको कारमा आएका बन्दुधकारीहरुले उनलाई शहरको पिर सुल्तान मस्जिदनजिकै गोली हानेको जनाइएको छ । घटनास्थलमै उनको मृत्यु भएको डनले जनाएको छ ।
चिकित्सकहरुका अनुसार उनको टाउकोमा दुई गोली लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गइरहेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै