कोइला खानीमा काम गर्ने ५ जनालाई अफगानिस्तानमा गोली हानेर हत्या गरियो

236 Shares

काबुल । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ ।
अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।
सरकार सञ्चालित बख्तार समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । सबै मारिनेहरू जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ ।
उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ । पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतंकबाद पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।
अफगानिस्तानमा तालिबान सरकारले बारम्बार विजयको दाबी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणहरूको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ।
हालैका दिनहरूमा भएका आक्रमणहरूको क्रमले संयुक्त राष्ट्र संघ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानवअधिकार समूहहरू लगायत विश्व समुदायले निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार