गरुडा (रौतहट), २० वैशाख । गरुडा नगरपालिकामा उत्पन्न भ्रष्टाचार सहितको वेथितीलाई नियन्त्रण गरी स्थानीय जनताहरुलाई स्थानीय सरकारको अनुभूती गराउन नेकपा एसको युवा उम्मेदवार बृजकिशोर यादवको नगरभरी चर्चा नै चर्चा चलिरहेको छ ।
गएको साढे चार बर्षमा गरुडा नगरमा करोडौ रकम आएपनि विकासको समुचित रुपमा गति लिन सकेन, चरम आर्थिक भ्रष्टाचार, सरकार संयन्त्रको दुरुपयोग, नगरवासीले पाउनुपर्ने सुविधाहरु समुचित रुपमा पाउन नसकेको लगायतका विभिन्न बेथितीलाई समाप्त पारी जनतालाई स्थानीय सरकारको अनुभूती दिलाउन युवा, समाजसेवी योग्य व्यक्ति बृजकिशोर यादव कलम छापबाट गरुडा नगरबासीको हृदय जित्न चुनावी मैदानमा ओर्लिएको हो ।
गरुडा नगरलाई स्वच्छ हराभरा, बजार व्यवस्थापन, खानेपानी, बेरोजगार युवायुवतीहरुलाई बेरोजगारी भत्ताको व्यवस्थापन, निशुल्क विजुलीको व्यवस्थापन, कृषि सामग्रीमा अनुदानको व्यवस्थापन, गुणस्तरिय शिक्षा, स्वास्थ्य सहितका मानव जिवनमा चाहिने सबै आधारभुत आवश्यक्तालाई पुरा गर्न नेकपा एसबाट गरुडा नगरको मेयर पदमा उम्मेदवार हुनु भएका बृजकिशोर यादवलाई अपार मत दिई विजयी गराउन उनले गरुडा नगरवासी संग विन्ती गरे । कामको आधारमा मूल्याँकन गरेर मात्रै मतदान गर्न समेत उनले आग्रह गरे ।
हुनत गरुडा नगरपालिकाको मेयरमा एमालेका कन्थमुणी प्रसाद कलवार, माओवादीका विपिन जयसवाल, लोसपाको दिपक यादव, काँग्रेसको सुनिल यादव र जसपाको अनिल यादव सहितका उम्मेदवारहरु चुनावी मैदानमा रहेको छ तर नेकपा एसका बृजकिशोर यादव र एमालेको कन्थमुणी प्रसाद कलवार विच प्रतिष्पर्धा हुने अहिले सम्मको जनमतबाट देखिन्छ ।