download zoom on windows www.zoom.us download free zoom conference call download zoom recording cloud download zoom 3.5 download zoom meeting download windows 10 chip

कराँची विश्वविद्यालय परिसरमा आत्मघाती हमला

   २० बैशाख २०७९, मंगलवार १७:२५  

यितेन्द्र शर्मा
पाकिस्तानको कराँचीमा हालै भएको आत्मघाती आक्रमणवाट पाकिस्तान लगायत चीनमा पनि त्रास उत्पन्न भएको छ । एक बलोच महिलाले आत्मघाती आक्रमण गर्दा कराँची विश्वविद्यालयमा चिनियाँ भाषा (मेण्डोलिन) पढाउने कन्फुसिएस इन्स्टिच्युुटका चीन जना चिनियाँ शिक्षक सहित एक पाकिस्तानीको मृत्यु भएको थियो ।
आत्मघाती आक्रमणको जिम्मा बलोच लिबरेसन आर्मीले लिएको छ । आक्रमणपछि विभिन्न बहानामा पाकिस्तानमा बस्दै आएका चिनियाँहरु भागाभाग भएका छन् । आत्मघाती हमला पछि चीनको गृह मन्त्रालयले अत्यावश्यक काममा संलग्न बाहेक अन्य आफना नागरिकलाई पाकिस्तान छोडन निर्देशन जारी गरेको छ । चिनियाँ गृहमन्त्रालयको निर्देशनपछि चिनियाँहरु धमाधम पाकिस्तान छोडने क्रम जारी रहेको समाचार पत्रहरुमा उल्लेख छ ।
पाकिस्तानको विकास पुर्वाधारमा चीनले ६० बिलियन डलर भन्दा बढी लगानी गरि सकेको छ । चीनको सबै भन्दा बढी लगानी चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) मा रहेको छ । यो पाकिस्तानको बलोचिस्तान भएर ग्वादर बन्दरगाह सम्म पुग्दछ । ग्वादर बन्दरगाह बलोचिस्तानमा पर्दछ, यसले अरेबियन महासागरलाई जोडछ । सिपेकमा भएको लगानीका कारण पाकिस्तान चिनिया ऋणमा डुबेको छ । बलोच विद्रोहीहरु आफनो लडाईलाई स्वतन्त्रताको आन्दोलनको संज्ञा दिएका छन । आदिवासी बाहुल्य यस क्षेत्रको प्राकृतिक सम्पदाको दोहनमा चीनले पाकिस्तानलाई सहयोग गरिरहेको आरोप लगाउँदै सिपेक परियोजनाको विरोध पनि उनीहरुले गरिरहेका छन् ।
सन् १९४७ मा भारतबाट धर्मको आधारमा मुसलमानहरुको निम्ति छुटै देश पाकिस्तानको गठन भए पछि पाकिस्तानी सेनाले, लगतै बलोचिस्तानलाई आफनो देशमा गाभेको थियो । त्यतिवेला देखि नै बलोचहरु स्वतन्त्रताको आन्दोलन लडदै आएका छन र यस लडाईमा अहिले सम्म अनेकौ बलोच आन्दोलनकारी र पाकिस्तानी सेनाले ज्यान गुमाउन परेको हो । महिला आत्मघातीको यो पहिलो घटना हो । कराँची विश्वविद्यालयकी छात्राले यस्तो आत्मघाती आक्रमण गर्नुले बलोच आन्दोलनतिर विश्वकै ध्यान आकृष्ट गराएको छ । यसवाट चीन र पाकिस्तान त त्रसित नै भएको छ । यस भन्दा अघि पनि सिपेक परियोजनामा कार्यरत ८ जना चिनिया इन्जिनियर बलोच आन्दोलनकारीको आक्रमणमा मारिएका थिए । चिनिया बलुचिस्तान क्षेत्रमा काम नगरुन भने तिनको माग रही आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै