नेपाल-भारत सम्बन्ध अटुट छ त्यस माथि विवाद नगरौं

348 Shares

स्थानीय चुनावको मुखमा भएको प्रधानमंत्री शेरबहादुर देउवाको भारत भ्रमणले सुखानुभुति दिलाएको धेरैको बिश्लेषण छ । सीमा विवादका बिषयमा बोल्न नसक्ने आरोप लगाउनेहरु पनि परास्त भएको बुझ्न सकिन्छ ।

हामि नेपालीलाई के पनि बुझ्न जरुरी छ भने नेपाल को छिमेकी राष्ट्रहरु भारत र चीन हुन । जसको विश्व राजनीतिमा ठुलो प्रभाव छ । तिनिहरुको शक्ति संघर्षका बीच हाम्रो देश बारम्बार आउने गरेको छ । नेपाली भूमिबाट तिनलाई असुरक्षित पनि महसूस गराउनु हुदैन ।
भारत त उसै पनि सनातनकाल देखिको मित्र हो । उसले सुखदुखमा साथ दिने गरेको छ । हाम्रो मितव्ययिता कायम राख्नुमै नेपालको बृहत हित लुकि बसेको छ ।

 अहिलेको मोदी सरकारले विश्व राजनीतिमा पेचीलो पकड़ बनाउनुको साथै छुट्टै पहिचान बनाउन सफल भएको हो । दक्षिण एसियाका दुई महाशक्तिको बिचमा परिरहदा हाम्रो ध्यान सदैव समान दृष्टि र सदासायता प्रति कटिबद्ध हुनु पर्दछ ।


भारतले नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतीकरण गर्न नहुने बताएको छ। उसले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवादमा बस्नुपर्ने समेत बताएको छ।


प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सीमा समस्या हल गर्न संयुक्त संयन्त्र गठनका लागि आग्रह गरेको दुई घण्टापछि भारतीय बिदेशमन्त्रालयले सीमा विवादको बिषयमा आफ्नो धारणा बाहिर ल्याएको हो। 


प्रधानमन्त्री देउवाको भारत भ्रमण अन्तर्गत अहिलेसम्म भएका छलफलबारे जानकारी दिन भारतीय बिदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बिदेशसचिव हर्ष श्रृङ्गलाले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने बताएका हुन्। 

‘नेपालका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा पनि सीमा समस्याको कुरा राख्नुभयो।  प्रधानमन्त्रीस्तरमा भएको वार्तामा सीमाबारे संक्षिप्त कुरा भएको हो । हाम्रा दुईदेशबीच एउटा सामान्य समझदारी के भएको छ भने सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्छ र यसलाई राजनीतिकरण गरिनुहुंदैन’ भारतीय बिदेशसचिव श्रृङ्गलाले भने। यस वक्तव्य पछि देउवाको सुजबुझ र कुटनितिक पहलको प्रशंसा भईरहेको छ ।


उनले सीमा र सुरक्षा लगायतका बिषयमा वार्ता र संवादका आवश्यक रहेको भारतको पुरानै धारणा दोहोर्याए। नेपाल र भारत बिचको मित्रता संसारमी अर्को नभएको भारतीय प्रधानमंत्री मोदीको वक्तव्यले पनि नेपाल प्रतिको उनको सदभाव निखार गरेको हो ।

पत्रकारको प्रश्नको जवाफ दिने क्रममा सीमा समस्याबारे भारतीय बिदेश सचिवले थपे ‘छिमेकीहरुबीच मिल्न बाँकी सीमा लगायत बिषय अन्य थुप्रै हुनसक्छन् । पहिले पनि सीमा विवाद हामीले सौहद्रापूर्ण ढंगले समाधान गरेकै थियौँ। त्यसकारण जिम्मेवारीपूर्ण ढंगले संवाद हुनु महत्वपूर्ण छ। त्यो आवश्यक छ।’ 

भारतले साँढे दुई बर्षअघि नेपाली भूमि कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा ल्याएको थियो। त्यसको ६ महिनापछि नेपालले पनि कालापानीलाई राजनीतिक नक्सामा समेट्यो। त्यसयता नेपालले सीमा समस्या हल गर्न भारतलाई पटक—पटक आग्रह गर्यो। तर भारतले सीमा वार्ताका लागि रुची देखाएन। बरु उसले कालापानीमा सैन्य तनाथी जारी राखेको छ। अतिक्रमित भूभाग भारतले आफ्नो भएको दाबी गरिआएको छ। 

अर्कोतिर यही दुई बर्षको बीचमा भारतले कालापानी नजिकको लिपुलेक क्षेत्र हुंदै चीनको तिब्बत जाने सडक निर्माण गरिसकेको छ। त्यसप्रति नेपालले बिरोध जनाएपनि भारतले आफ्नो अडान छोडेको छैन। 

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चाहीँ भारतले जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने सर्त नेपालसमक्ष राखेको छ। उसले नेपालले राजनीतिक नक्सा जारी भएकोमा असन्तुष्ठि दर्शाएको छ। सीमाका बिषयमा राजनीतिकरण गर्न नहुने भारतीय तर्क नेपालको चुच्चे नक्साप्रति लक्ष्यित देखिएको छ। 

भारतीय बिदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भारतीय बिदेश सचिव श्रृङ्गलाले देउवाको भ्रमणमा नेपाल भारतबीचका उर्जा, सीमापार कनेक्टिभीटि, राजनीतिक र आर्थिक सहकार्यका सबै बिषयमा रचनात्मक र फलदायी वार्ता भएको बताए।

देउवालाई बिशेष मित्र भनि संबोधन गरेको भारतले नेपाल संग हुँदै आएको बहुपक्षिय सहकार्य कहिल्यै अन्त्य नहुने प्रष्ट्याएको छ ।
नेपाल भारत बिचको सम्बन्धमा खलल पुर्याउने उद्देश्य बोकी कार्य गर्नेहरुको मनसाय माथि पानि फेर्ने काम यस भ्रमणले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार