क्वात्रा भारतीय विदेश सचिवको पद सम्हाले

374 Shares

नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्राले भारतीय विदेश मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका छन् ।

क्वात्राले आइतबार बिहान विदेश सचिवको पदभार ग्रहण गरेको मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटर मार्फत जानकारी दिएका छन् । बाग्चीले नवनियुक्त विदेश सचिव क्वात्रालाई कार्यकाल सफलताको शुभकामना पनि दिएका छन् ।

विदेशसचिव हर्षवर्द्धन श्रृंगला अनिवार्य अवकाशमा जाने भएपछि नेपालमा राजदूत रहेका क्वात्रालाई चैत तेस्रो साता परराष्ट्र सचिव नियुक्त भएका थिए ।

दुई वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका क्वात्रा विदेश सचिव नियुक्त भएसँगै केही दिनअघि नेपालबाट विदाई भएका थिए । नेपालसँगै फ्रान्सको राजदूत भइसकेका क्वात्राले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा सहसचिव भएर काम गरेका क्वात्रा भारतीय परराष्ट्र मन्त्रालयको सचिव बनेसँगै नेपालसँग सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास लिइएको छ ।

क्वात्रा नेपालबारे जानकार भएकाले सम्बन्धमा आउने उतार चढावलाई उनले सहजै ह्याण्डिल गर्ने र नेपाल उनको उच्च प्राथमिकतामा पर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार