स्पानिस क्लब भियारियललाई हराउदै लिभरपुल फाइनलमा प्रवेश

   २१ बैशाख २०७९, बुधबार १२:५२  

रौतहट, २१ वैशाख । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
स्पानिस क्लब भियारियलको जबरजस्त पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले फाइनलमा स्थान बनाउन सफल भएको हो ।
बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३–२ ले अन्तरबाट विजय भएको छ । पहिलो लिगको खेल २–० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५–२ ले नतिजा आफनो पक्षमा पार्न सफल भएका छन् ।
घरेलु मैदानमा बोउलाए डियाले तेस्रो र फ्रान्सिस कोक्विलिन ४१ औं मिनेटमा गोल गरेपछि भियारियलले पहिले हाफमा दुई गोलको अग्रता लिंदै स्कोर २–२ को अवस्थामा पु¥याएको थियो । लिभरपुलका लागि फाबिन्होले ६२ औं लिभरपुलका लागि फाबिन्होले ६२औं, लुइस डियाजले ६७ औं र साडियो मानेले ७४औं मिनेटमा गोल गरेपछि लिभरपुलले १२ मिनेटमै तीन गोल फर्कायो ।
खेलको ८५औं मिनेटमा भियारियलका कापाउ इट्टिनेले रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि स्पानिस क्लब १० खेलाडीमा सिमित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै