गैंडाकोटमा कांग्रेस र एमाले बिच झडप, ६ जना घइते

   २१ बैशाख २०७९, बुधबार १२:५४  

गैंडाकोट, २१ वैशाख । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकापा एमाले बिच झडप भएको छ ।
हुप्सेकोट गाउँपालिकामा वडा नं. १ मा चुनावी विषयलाई लिएर दुवै पक्षबिच झडप भएको हो ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडी समेत तोडफोड गरिएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ । घाइते मध्ये चार जनालाई उपचारको लागि चितवनको भरतपुर मेडिकल कलेज रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै