आर्थिक चलखेलको आधारमा टिकट वितरण गर्दा मधेश प्रदेशमा नेपाली काँग्रेस कमजोर बन्दै

   २१ बैशाख २०७९, बुधबार १४:२८  

आर्थिक चलखेलको आधारमा टिकट वितरण गर्दा मधेश प्रदेशमा नेपाली काँग्रेस कमजोर बन्दै गएको छ । वास्तविक कार्यकर्तालाई नभई व्यापारी, उद्योगीहरुलाई टिकट दिदा उक्त समस्याबाट अहिले नेपाली काँग्रेस ग्रसित भएको छ । टिकट नदिएकै कारण कतिपय बर्षौ बर्ष देखि पार्टी प्रति निष्ठावान रहेकाहरु अहिले नेका परित्याग गरेर अन्य पार्टीको हाथ थामिसकेको अवस्था छ । रौतहटको इशनाथ नगरपालिकामा गत निर्वाचनमा ६५ मतले पराजित भएकी कोशिला देवीलाई पार्टीले टिकट नदिदा उनी अहिले साइकलमा सवार भएर चुनावी प्रतिष्पर्धामा लागेकी छिन् । वृन्दावन नपामा नेपाली काँग्रेसको हस्ती मानिएका प्रेमशंकर यादवले रकमी चलखेलमा नसक्दा उनलाई टिकट नदिदा अहिले सुर्य चिन्हबाट निर्वाचनमा होमिएका छन् । यी सबै कमिकमजोरीका कारण मेधश प्रदेशको सह महामन्त्री आफनो पदलाई परित्याग गर्नु पक्कै सुखद सन्देश नेपाली काँग्रेसको पक्षमा देखिएनन ।
नेपाली काँग्रेसले मधेश प्रदेशको अधिकाँश जिल्लामा आर्थिक चलखेल गरेर टिकट दिएको आरोप लगाउदै मधेश प्रदेशका सहमहामन्त्री जयनारायण यदावले पदबाट राजिनामा दिएका छन् ।
मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र उपसभापति चन्द्रशेखर यादवले आर्थिक चलखेलको आधारमा पार्टीको विधान विपरित टिकट वितरण गरी मधेश प्रदेशमा पार्टीलाई कमजोर बनाउने षड्यन्त्र गरेको गम्भीर आरोप लगाउदै सह महामन्त्री जयनारायण यादवले पदबाट राजिनामा दिएका हुन् ।
नेपाली काँग्रेसको विधान, वडा, पालिका, क्षेत्र तथा जिल्लाको सिफारिस एवं निर्णय विपरीत टिकट वितरणमा धाँधली गरेको सहमहामन्त्री यादवले आरोप लगाए । व्यतिmका नाम सिफारिस समेत नभएको अवस्थामा अरु व्यतिmलाई टिकट वितरण कसरी भयो त्यसमा प्रश्न चिन्ह खडा हुनु स्वाभाविक रहेको यादवले थपे ।
त्यत्ति मात्र नभइ कार्यकताहरुको मनोभवना विपरित चरमगुटबन्दी, धाँधलीपूर्ण तरिकाबाट भागबण्डाको नाममा जिल्ला सभापतिलाई टिकट नबुझाई पालिका, प्रदेश, क्षेत्र , जिल्ला समेतलाई पाखा लगाई आफू खुसी टिकट वितरण गरेको आरोप कलैयामा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री यादवले मधेश प्रदेश समितिको सभापति माथि लाञ्छना लगाए । पचरौता नगरपालिकाको टिकट मणिभुषन यादवलाई दिने कुनै सहमति नभएपनि कसरी यादवलाई टिकट दिइयो भन्ने प्रश्न समेत उनले गरे ।
विवाद भएपछि पार्टीका सभापति यादवले ३ दिन सम्म मोबाईल स्वीच अफ गर्नुले पनि हामीलाई गम्भिर शंका उब्जाएको बताए । राजिनामाको बोधार्थ नेपाली कांग्रेसको केन्द्रीय समिति सानेपा ललितपुरलाई जानकारी गराइसकेको छु उनले भने । आफनो राजनैतिक जीवनमा कहिले पनि पार्टीको निति, विधि, विधान विपरीत काम नगरेको स्मरण गराउँदै अध्यक्ष यादवले टिकट वितरणमा कुनै पनि अधार नबनाई हचुवाको भरमा टिकट वितरण गरी असल कार्यकर्ताहरुलाई उपेक्षा गरेको सहमहामन्त्री यादवको आरोप छ ।
यसैगरी रौतहटमा पनि मधेश प्रदेश सभापति यदावले आर्थिक चलखेलकै आधारमा चन्द्रपुर, वृन्दावन, इशनाथ, लगायतका पालिकाहरुमा जित्ने व्यक्तिलाई टिकट नदिएको आरोप खेप्नु परेको छ । सर्लाही, महोत्तरी, धनुषा लगायतको जिल्लाहरुमा पनि हाल उस्तै उस्तै रहेको हुँदा ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेसले पहिला जितेका अधिकाँश सिट गुम्ने खतरा बढेर गएको नेपाली काँग्रेसको धेरै समय सम्म महासमिति सदस्य रहेका श्यामचन्द्र झाले गुनासो व्यक्त गरे ।
पार्टी नेतृत्वको अदुरदर्शिताको कारण मधेश प्रदेशको जिल्लामा आर्थिक पहुँचको आधारमा व्यापारीहरुलाई टिकट वितरण गरेर पार्टीलाई कमजोर बनाएको उनले आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै