स्व. डिम्पलकुमारी झाको १३ औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जली र शान्ति भोज

मत्सरी (रौतहट), २२ वैशाख । संविधान सभा सदस्य, मधेश प्रदेश साँसद, पूर्व राज्य मन्त्री तथा प्रखर वक्ता माननिय डा. डिम्पलकुमारी झाको १३ औं दिनको पूर्ण तिथिको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु उपस्थित भई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनको मुस्कान अव तस्वीरमै मात्रै सिमित रहने भयो, भौतिक शरीरलाई त्याग गर्दै उनी बैकुण्ठ बासको लागि सधैको जिवनसाथी अनिल, छोरा उज्जवल वुहारी मानसीलाई छाडेर विदा भईन तर उनले मधेश आन्दोलनको क्रम देखाएको साहस र योग्यदानको साथै उनको नेपाली राजनीतिवृतमा उच्च मूल्याँकन हुने छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी निवासी अनिलकुमार झाको श्रीमती रहनु भएकी डा. झा लामो समय देखि क्यान्सरबाट जंग लडेरहेकी थिइन, तर उनी क्यान्सरलाई जित्न सकेनन, वैशाख १० गते राति सुतेको उनको जिवनको अन्तिम रात्री साबित भयो । उनी यो संसारिक मोहमायाबाट सधैको लागि विदा भइन ।


हिन्दु रितीरिवाज अनुसार उनको १३ दिनको पूण्य तिथिको अवसरमा विभिन्न क्षेत्रका ख्याती प्राप्त व्यक्तिहरुको उपस्थिति भई उनी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरियो । मधेशका राजनीति गर्ने विरंगाना झालाई श्रद्धाञ्जली दिन राजेन्द्र महतो, माधवकुमार नेपाल, मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, सभामुख सरोज यादव, साँसद जितेन्द्र सोनल, सासद लक्ष्मणलाल कर्ण, साँसद एकवाल मियाँ, साँसद रेखा झा, आन्तिक मामिला मन्त्री भरत साह, वीरगञ्ज महावाणिज्यदूतावासका काउन्सलरहरु, सरला यादव, बविता यादव, पारस, उपेन्द्र महतो, डा रिना यादव, बाबुलाल साह, संघिय साँसद र प्रादेशिक साँसद सहित विभिन्न क्षेत्रका ठूल ठूला हस्तीहरु, संचार क्षेत्रका वरिष्ठ पत्रकार चन्द्रकिशोर सहितका विभिन्न राजनीतिक दलका व्यक्तिहरु मत्सरीमा उपस्थित भई स्व. श्रीमती झा प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
बुधवार उनको पैतृक गाउँ मत्सरीमा आयोजित श्रद्धाञ्जली सभा एवं शान्ति भोजमा करिव ७ हजार भन्दा बढि व्यक्तिहरु उपस्थित भएका थिए ।


को थिइन स्व. डिम्पल झा
गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर विद्यार्थी राजनितिबाट यात्रा सुरु गरेर नेपालको राष्ट्रिय राजनीतिमा मधेशको मसिहाको रुपमा रहनु भएका नेता रौतहट क्षेत्र नम्वर १ को साँसद अनिलकुमार झाको ४२ बर्षिय श्रीमती डिम्पल शालिन विचारधार, प्रखर वक्ता, निर्भिक्क, निडर भई राजनीतिक गरेकी, प्रदेश साँसदमा समानुपातिकबाट सिफारिस हुनुका साथै संविधान सभा सदस्य रहनु भएकी तर सानो राजनीतिक यात्राबाट सधैको लागि विदा हुनु मत्सरीलाई मात्रै नभई अहिले सिंगो मुलुकले एक कुशल, निर्भिक्क, जुझारु, लडाकु नेतृलाई गुमाउनु पर्यो ।
भारत सितामढी जिल्ला शशौला गाउँ निवासी सुदर्शन पाठकको छोरीको रुपमा जन्मीएकी डिम्पल झाको विहे पश्चात उनको श्रीमान अनिलकुमार झाले उच्च शिक्षाको साथै आयुर्वेदको चिकित्सक बनाएपनि उनको रुची राजनीतिमा देखिदा चिकित्सा पेशा छाडेर राजनीतिक यात्रा तिर लागिन । जे भएपनि उनी निर्भिक्क, प्रखर, जुझारु, लडाकु मधेशी महिलालाई देशले गुमाएको हो । उनको कमीलाई कसैले पनि पुरा गर्ने छैनन् ।
१३ औं दिनको पूण्यतिथिको अवसरमा तराई टप अनलाईनले स्व. डिम्पलकुमार झाको मृत आत्म वैकुण्ठमा बास होस भने कामना गर्दै झा परिवारलाई उनी नरहेको अवस्थामा धर्यधारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भने प्रार्थना गर्दछु ।