नेपाली काँग्रेसको ५ बर्षमा ५ वटा संकल्प प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेस बाँकेले नेपालगन्ज उप-महानगरपालिका स्तरीय घोषणापत्र ‘५ वर्ष ५ संकल्प’ तय गरेको छ ।
सदभावको शहर,हरित नगर,रिगंरोड सहितको सडक सञ्जाल र पूर्वाधार,सेवा र सुशासन,सामाजिक न्यायसहितको रुपाण्तरण गरि ५ शिर्षकमा लेखिएको उप महानगरको घोषणा पत्र ‘५ वर्ष ५ संकल्प’ हो ।
घोषणा पत्रमा उल्लेख गरिएको हाम्रो संकल्पमा शिक्षा,स्वास्थ्य,कृषि,स्रोत तथा वित्तिय ब्यवस्थापन,उद्यमशिलता र रोजगारी,सामाजिक सुरक्षा : कोखदेखि शोक सम्म,पर्यटन,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण,फोहोरमैला ब्यवस्थापन तथा सरसफाई,विपद ब्यवस्थापन,सामाजिक न्याय र समावेशिता,भाषा,साहित्य,कला, र संस्कृति,खेलकुद,सूचना तथा सञ्चार उप शिर्षकमा बुँदागत रुपमा पाँच वर्षमा गरिने कामको प्रारुप पेश छ ।
पत्रकारिता विषयमा एम.फिल. अध्ययन गर्ने नेपालगन्जका पत्रकारलाई विषेश छात्रवृत्तिको ब्यवस्था गर्ने विषय समेत कांग्रेस नेपालगन्ज उप महानगरको चुनावी एजेण्डामा समाविष्ट छ ।
‘५ वर्ष ५ संकल्प’ नाम दिईएको घोषणा पत्रको शिक्षा शिर्षकमा विद्यालय स्तरमा कक्षा छाड्ने ‘ड्रप आउट’ विद्यार्थि दरलाई सम्बोधन गर्ने उल्लेख छ । त्यसैगरी एक माध्यामिक विद्यालय एक प्राविधिक विषय कक्षा सञ्चालन गर्ने पनि उल्लेख छ ।
घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा सुधारका लागी थुप्रै प्रयास गरिने उल्लेख छ । साथै भेरी अस्पताललाई ५ सय बेडको बहु विषेशतायुक्त अस्पताल र शिक्षण कलेजका रुपमा बनाउने एजेण्डा समावेश छ । त्यसैगरी उप महानगरको मातहतमा १ सय ५० शैयाको नगर अस्पताल निर्माण गर्ने पनि उल्लेख छ । कृषि क्षेत्रमा कृषि विमा साना किसानलाई ९० प्रतिशत र ठुला किसानलाई ७५ प्रतिशत अनुदानको ब्यवस्था मिलाइने उल्लेख छ । घोषण पत्रमा वस्तुगत तथ्यको आधारमा करको मुल्याकंन तथा निर्धारण गर्ने पनि लेखिएको छ । कांग्रेसको उक्त घोषणा पत्रमा जेष्ठ नागरिक सतसंग खोल्ने देखि छाडा पशु चौपाया एवं गौवशं संरक्षणका लागी एक वर्ष भित्र ब्यवस्थापन गर्ने कुरा उल्लेख छ ।
आज जारी ‘५ वर्ष ५ संकल्प’ नामक घोषणा पत्रमा बागेश्वरी मन्दिर एकिकृत विकास कोष स्थापना गर्ने पनि उल्लेख गरिएकोछ ।