product zoom jquery free download zoom alternative indian app zoom cornell download join zoom meeting with id and password - join zoom meeting with id and password zoom audio not working on lenovo laptop download zoom brown zoom app downoad

गढिमाईमा नेपाली काँग्रेसका श्यामप्रसाद यादव नै जित्ने मतदातहरुको रुझान

   २२ बैशाख २०७९, बिहीबार १७:२४  

गढीमाई (रौतहट), २२ वैशाख । गढिमाई नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी विच प्रमुख रुपमा प्रतिपर्धामा देखिएको छ ।
गढिमाई नपामा दुई पार्टी विच प्रतिष्पर्धा देखिएतापनि नेपाली काँग्रेसको उम्मेदवार श्यामप्रसाद यादवले बाजी मार्ने प्राय ः निश्चित भएको हो । विकासको काम देखि लिएर होस वा जनताहरुको सेवा सुविधा प्रवाह गर्नमा सबै क्षेत्रमा अब्बल रुपमा विगतको दिनमा प्रस्तुत भएका मेयर श्यामप्रसाद यादव प्रति दोश्रो कार्यकालको लागि गढिमाईको जनता पूर्ण रुपमा समर्पन भएको हुँदा उनको विजयी सुनिश्चित रहेको एक सर्वेबाट प्रष्ट भएका छन् ।
श्याम प्रसाद यादवको प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल कलाम अजादको अवस्था खासै राम्रो नरहेको हुँदा काँग्रेसी उम्मेदवार यादवको जित पक्का देखिएको स्थानीय जनताहरु बताउँछन् । प्रदेश साँसदको रुपमा रहेका आजाद विकास निर्माणको कार्य गराउनमा निकै आर्थिक चलखेल गरेको हुँदा उनीप्रति गढिमाईको जनताहरु सकारात्मक नभई श्याम प्रसाद यादवको पक्षमा ठूलो जनलहर चलेको स्थानीय नरेन्द्र ठाकुरले बताए ।
मेयर उम्मेदवार यादव आज समनपुरमा घर दैलो कार्यक्रम गरिरहदा तराई टप अनलाईन संग कुरा गर्दै जनताको कामहरु सबै गरेको तर केही अधुरो कामहरु बाँकी रहेको हुँदा उक्त कार्य पुरा गर्न यसपाली तपाईहरुको अमूल्य मतको लागि विनम्र अनुरोध गर्दछु की मलाई पुन ः गढीमाई नपाको मेयरमा विजयी गराउनु हुने विश्वास व्यक्त गरे ।
अस्पताल, सडकको कालोपत्रो, शिक्षा सहितको केही कार्यहरुलाई पुरा गराउनुपर्ने नितान्त अवश्यक रहेको हुँदा यसपाली पनि विगत झै गढीमाईको जनताहरु विजयी गराउनुहुनेमा शतप्रतिशत विश्वस्त रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै