दतिललाई घर, कृषकलाई विद्युत, घरघरमा धारा, बेरोजगार युवालाई वेरोजगारी मोहन यादवको प्रतिबद्धता

   २२ बैशाख २०७९, बिहीबार १७:३३  

गौर (रौतहट), २२ बैशाख । रौतहटको गौर नगरपालिकाको नगर प्रमुखको लागी नेपाली कांग्रेसबाट उमेदवारी दिएका मोहन यादबले आफु नगर प्रमुखमा निर्वाचित भएपछि गौर नगरपालिकामा रहेका दलित बस्तीलाई झुपडी मुक्त बनाएर सबैलाई पक्की आवासको व्यवस्था गर्ने घोषणा गरेका छन ।
गौर नगरपालिकाका पुर्व नगर प्रमुख गौरीशंकर प्रसाद यादबका छोरा समेत रहनु भएका यादबले नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने, सबै नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने बताएका छन ।
गौर नगर क्षेत्रको शिक्षा क्षेत्र झनै अस्तब्यस्त भएको कारण त्यसलाइ ब्यबस्थीत गर्ने समेत नगर प्रमुखका उमेदवार यादबले बताए । गौरीशंकर बहुमुखी क्यामपसका संचालक समेत रहुनु भएका यादबले गौर नगर क्षेत्र भित्रका बिद्यार्थीहरुले माध्यमिक तह सम्म कुनै शुल्क तिर्नु नपर्ने समेत बताए ।
गौर नगरपालिकामा मौलाएको ब्याप्त भ्रष्ट्रचारलाइ नियन्त्रण गर्न पनि आफुले गौर नगरपालिकाको नगर प्रमुखको रुपमा उमेदवारी दिएको यादबले बताए । गौर नगरपालिकामा रहेका अन्नदाता किसानहरुले खेतमा सिचाई गर्नका लागी निशुल्क विद्युत उपलब्ध गराउने समेत उनले बताए । “शिक्षा, स्वास्थ्य, कृषि र रोजगारमा हाम्रो विशेष ध्यान रहने छ ।” मेयर उम्मेदवार यादवे भने “हामी काम गरेर देखाउन आएका छौं । यसपटक गौरका जनताले हामीलाई विश्वास गरेका छन । हामी वहाँहरुले चाहनु भएको जस्तो समृद्ध गौर बनाउनेछौं ।”
यसैगरी सोही नगरपालिकाको लागी नेपाली कांग्रेसका तर्फबाट नगर उप प्रमुखमा उमेदवारी दिएकी डा. साहजान खातुनले न्याय सम्पादनलाइ चुस्त दुरुस्त बनाउने बताएकी छिन । न्याय क्षेत्रमा आफुले तराजु बनेर काम गर्ने उहाले प्रतिबद्धता जनाउदै उनले आफनो उमेदवारी सुशासन कायम र भ्रष्ट्रचार नियन्त्रणको लागी पनि भएको बताइन ।
लामो समय पछि रौतहटको गौरमा कागें्रस बलियो अवश्थामा पुगेको छ । मेयरको प्रमुख दाबेदारका रुपमा रहेका यादवले स्थानियहरुको व्यापक समर्थन पाइरहेका छन ।
गौर नगरपालिकाको नगर प्रमुखको रुपमा नेकपा एसको तर्फबाट शम्भु साह, लोसपाबाट निर्बतमान मेयर अजय गुप्ता, जसपाबाट किरण ठाकुर र नेकपा एमालेको तर्फबाट अनिल मिश्र लगायतले पनि उमेदवारी दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै