तिन जना फरार अभियुक्त पक्राउ

काठमाडौं, २२ वैशाख । कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०७५ साल मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँ स्थित पेट्रोल पम्प नजिकै महेश परियार,मनिष बाँनिया र मुण्डा भन्ने सरोज सुन्दासले चक्कु प्रहार गरी हत्या गरेका थिए ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका १० मा घर भई काठमाडौंको चन्द्रागिरी नैकाप बस्ने २९ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेको छन् । उनलाई काठमाडौं उपत्यका अनुसाधन कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।