गरुडा नपामा कन्थमुणीको चर्चा

   २२ बैशाख २०७९, बिहीबार १७:५२  

गरुडा (रौतहट), २२ वैशाख । गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेको उम्मेदवार कन्थमुणी प्रसाद कलवारको पक्षमा निकै जनलहर देखिन सुरु भएको छ ।
गरुडा नगरपालिकामा पुरानो व्यवसायीको रुपमा रहेको ख्याती पाएका कन्थमुणी प्रसाद जयसवाल जति व्यवसायी हुन् त्यती नै राजनीति क्षेत्रमा आफनो नाम पहिचान कायम गरेको हो । उनी अहिले नेकपा एमालेको सुर्य चिन्हबाट चुनावी मैदानमा ओर्लिएका छन् ।
कन्थमुणी अहिले गरुडा नगरपालिकामा प्रमुख प्रतिष्पर्धामा रहेको अवस्था छ । उनी पछि मात्रै अर्को उम्मेदवार रहेको आजको जनमत सर्वेक्षणबाट देखिएको हुँदा दिन दिनै गरुडा नपामा जनताहरुको विचारमा परिवर्तन भईरहेको हुँदा यसपाली कलवारले नै बाजी मार्ने जस्तो संकेत देखा पर्न थालेको छ । कन्थमुणी जयसवालले भन्छन् सुर्यमा मतदान गर्नुस गरुडा नगरपालिकाको कायापलट गर्नुस भन्ने नाराको साथ जनजनको घरदैलो अभियानलाई जारी राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै