गौरमा अन्याय विरुद्ध एमालेकाे उम्मेदवारी : मेयर पदको उम्मेदवार अनिल मिश्र

280 Shares

गौर, २२ वैशाख । नेकपा एमालेले गौर नपामा सशक्त रुपमा प्रस्तुत हुनका लागि मेयरमा अनिल मिश्राकाे उम्मेदवारी दिन लगाएको छ।
गौरमा विहिवार आयोजित पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै मेयर पदको उम्मेदवार मिश्राले पाँच दलिय अपबित्र गठबन्धन को सरकारका मतियार विरुद्धको मेरो उम्मेदवारी दिएको स्पष्ट पारे ।
हामी पूर्ण रुपमा प्रतिबद्ध भएर पूर्ण प्यानल को साथमा निर्वाचनमा होमिएको बताए । अन्याय र भ्रष्टाचार विरुद्धको अभियानमा गौरबासीले सहयोग गर्नु पर्ने अनुरोध गरे ।
सो कार्यक्रममा उपमेयरको उम्मेदवार अमब्या खातुन, वडा उम्मेदवार महिन्द्र झा सहितका व्यक्ति हरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार