download zoom for windows 64 bit zoom q2n 4k windows 10 installation zoom b1xon patches download zoom for armhf download agario zoom download

गौर नपाको मेयरमा त्रिकोणात्मक प्रतिष्पर्धा हुने सम्भावना

   २३ बैशाख २०७९, शुक्रबार ११:५९  

गौर (रौतहट), २३ वैशाख । निर्वाचनको समय नजिकिदै जाँदा चुनाव प्रचार प्रसारमा पार्टीहरुले तिव्रता दिएका छन् ।
गौर नगरपालिकामा मेयर पदमा अहिले त्रिकोणात्मक लडाई हुने प्रारम्भीक मत सर्वेक्षणबाट देखिएका हुन् । प्रतिष्र्धात्मक लडाईमा नेकपा एकिकृत समाजवादीको उम्मेदवार शम्भु साह, नेपाली काँग्रेसको उम्मेदवार मोहन यादव र लोकतान्त्रिक समाजवादीको उम्मेदवार अजयकुमार गुप्ता विच हुने देखिन्छ ।
तिनै उम्मेदवारले आ आफनो विजय सुनिश्चित रहेकोमा ढुक्क छन् तर उनीहरु घरदैलोमा गएर आशिर्वाद लिने कार्यमा विहान देखि वेलुकी सम्म प्राय ः व्यस्त रहने गरेका छन् ।
यी तिन जना बाहेक पनि उम्मेदवारहरु मेयर पदको लागि मैदानमा उत्रिएका छन् । जसमा नेकपा एमालेको अनिल मिश्र, जनता समाजवादी पार्टीका किरण ठाकुर, नेकपा माओवादीका चन्देश्वर राउत र जनमत पार्टीका गंगाधर श्रीवास्तव लगायतको उम्मेदवारहरु चुनावी मैदानमा रहेपनि उहाँहरुको पोजिशन खासै राम्रो नरहेको मत सर्वेक्षणबाट प्रष्ट भएको छ ।
गौर नगरपालिकाको भावी मेयर को बन्ला भन्ने सबैको चासोको विषय बनेको छ । किनभने देशकै पुरानो नगरपालिका मध्ये एक रहेका गौर नगरको मेयरका लागि सेटिंग मेयर गुप्ता पनि चुनावी मैदानमा रहेको हुँदा अहिले त्रिकोणात्मक प्रतिष्पर्धा हुने निश्चित भएका छन् । हुनत हल्ला र मतमा धेरै भिन्नता हुन्छ तर जनताले पत्याएर मतपेटिकामा मतदान गरेका मतगणना पछि मात्रै को जित्यो को हार्यो त्यसको छिनो फानो हुने तर गौर नपामा साह, यादव र गुप्ता विचनै प्रतिष्पर्धा हुने निश्चित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै