गौर नपाको उप मेयरमा उषा झा र शाहजहा खातुन विच प्रतिष्पर्धा

588 Shares

गौर (रौतहट), २३ वैशाख । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकाको उपमेयरमा लोसपा र नेकाको उम्मेदवार विच प्रतिष्पर्धा हुने छ ।
गौर नगरपालिकामा उप मेयर पदका लागि धेरै उम्मेदवारहरु चुनावी मैदानमा भएपनि लोकतान्त्रिक समावादी पार्टीको तर्फबाट उषा झा र नेपाली काँग्रेसको तर्फबाट शाहजहा खातुन विच प्रतिष्पर्धा हुने भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनावी मैदानमा ओर्लिएकी श्रीमती झा प्रविणता प्रमाण पत्र उत्तिर्ण गरेर ३७ बर्ष देखि गृहणीको भुमिका निर्वाह गर्दै दुई पटक गौर नपाको वडा सदस्यमा निर्वाचित भई काम गरेको अनुभव पनि रहेको छ भने अर्को तर्फ शाहजहा खातुन मेडिकल परिवारबाट सम्बन्ध राख्ने भएको हुँदा उनलाई पनि चिकित्सक भन्ने गरेको छ । तर उनी पनि चिकित्सा पेशालाई विश्राम दिई चुनावी मैदानमा होमिएकी छिन् ।
हुन त केही व्यक्तिहरुले धेरै कुरा गर्ने गरेका छन् तर नेपालमा चिकित्सा पेशा गर्नुअघि नेपाल मेडिकल काउन्सीलबाट दर्ता प्रमाण पत्र लिनु नितान्त अवश्यक छ उनी संग त्यो दर्ता प्रमाण पत्र नरहेको आरोप केही स्थानीयले लगाएको हुँदा उनको डा. माथि नै प्रश्नचिन्ह खडा हुनु स्वभाविकै हो । जे भएपनि उपमेयरमा झा र खातुन विच मुख्य रुपमा प्रतिष्पर्धात्मक लडाई हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार