असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्ध जसपा सडक संघर्षबाट प्रतिनिधि सभा पुनरस्थापित गराउने ः जसपा नेतृ हिसिला यमीको प्रतिबद्धता

876 Shares

रौतहट, ४ माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समिति सदस्य हिसिला यमीले प्रधानमन्त्री केपी ओलीद्धारा संविधानलाई मिचेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक एवं प्रतिगमनकारी कदमको विरुद्धमा जसपा सडक संघर्षबाट प्रतिनिधि सभालाई स्थापित गराउने बताउनु भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा आईतवार विहान तराई टप अनलाईन संग कुरा गर्दै पूर्व मन्त्री समेत रहिसक्नु भएकी नेतृ यमीले लोकतान्त्रिक देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर दुई तिहाईको बहुमतको सरकारलाई एकै छिनमा धारासायी बनाएर सदन विघटन गरेर मुलुकमा ठूलो संकट निम्त्याउने कार्य भएको उनले टिप्पणी गरे ।
आफूलाई कट्टर कम्युनिष्ट भनाउने, १४ बर्ष जेल सजाय भोगेको व्यक्ति भन्ने तर संविधानमा नै कुनै व्यवस्था नभएको कार्य गरेर संविधानलाई मुर्छा पार्ने कार्यबाट नेपालको कम्युनिष्ट विश्वमै बदनाम भएको छ । ७० बर्ष देखि छिमेकी मुलुक भारतमा लोकतान्त्रिक संविधान छ, अहिले सम्म त्यहाका नेताहरु जनता र संविधान प्रति बफादार भएर अघि बढ्दै विकसित मुलुकको दाँजोमा उभ्याउन सफल भएको उदाहरणबाट नेपाली राजनेताहरु अझै पाठ सिक्न नसकेकोमा दुख लागेको बताए ।
१४ बर्ष केको लागि गएको, झापा आन्दोलन केको लागि भएको, नेपाली जनताहरु नेकपा भित्रको झगडा हेर्नको लागि बसेको छ उदाहरण दिदै उनले कोभिड संक्रमणबाट जनतालाई मुक्त गर्ने दिशा तर्फ अग्रगामी कदम चाल्नुको साथै संविधान माथि आक्रमण गर्नु औचित्यहिन एवं प्रतिगमणकारी कदम ओलीले उठाएकोमा सडक आन्दोलनबाट सदनलाई स्थापित गराएर छाड्ने नेतृ यमीले भनिन ।
पुर्व न्यायाधिशहरु पनि भनिरहेको छ संसद पनस्र्थापाना गरेर संविधानको रक्षा गर्नुपर्ने आवाज उठाइरहदा सबैको दृष्टि न्यालय तर्फ केन्द्रीत भएको अवस्थामा अदालतले स्वतन्त्रताको रक्षार्थ जनताको पक्षमा निर्णय गर्नुपर्ने जिकिर उनले गरिन । जसपा भित्र विवाद छ नि भने प्रश्नको जवाफमा नेतृ यमीले लोग्ने स्वास्नी विच झगडा हुँन्छ तर अहिलेको असंवैधानिक कदमलाई सच्याउन लगाएर प्रतिनिधि सभा स्थापित गर्नुपर्ने जसपाको स्पष्ट म्याण्डेड रहेको बताइन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार