मोटरसाइकल दुर्घटना चालकको मृन्यु

   २३ बैशाख २०७९, शुक्रबार १३:२१  

धनकुटा, २३ वैशाख । धनकुटाको साँगुरीगढी गाँउपालिका ३ सल्लेनी डाँडामा मोटरसाइकल दुर्घटना हुदा चालको मृत्यु भएको छ ।
बिहीवार राति पौने १२ बजे समयमा साँगुरीगढी गाँउपालिका ३ डाँडा बजार सडक खण्डमा को २८ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी स्थानीय ३८ वर्षीय इन्द्रबहादुरको मृत्यु भएको हो ।
सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी कार्यालय धनकुटाका डिएपी चिरञ्जीवी दाहालले जनाकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै