निर्वाचनको दिन आन्तरिक तर्फको उडान हुने छैन

   २३ बैशाख २०७९, शुक्रबार १३:२७  

काठमाडौं, २३ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आन्तरिक उडान नहुने बुद्ध एयरले ट्राभल एलर्ट जनाकारी गराएको छ ।
निर्वाचनको समयमा नेपाली जनता आ अफनो निर्वाचन क्षेत्रमा ब्यस्त रहेको हुदा आन्तरिक तर्फको उडान हुने छैन ।
यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् । निर्वाचनका दिन हवाई यातायात समेत बन्द हुने छ । निर्वाचन आयोगले भनेको छ निर्वाचनका दिन विदेश जाने यात्रुलाई सहजिकरणका लागि सवारी साधन समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ । निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ । तर सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै